दुखद खबर इटहरीकी १३ बर्षिय अनुष्काको निधन

दुखद खबर: इटहरीकी १३ बर्षिय अनुष्काको निधन

समाचार

Sharing is caring!

२१ चैत । इटहरी :

ब्रेनट्युमर पिडित इटहरीकी १३ बर्षकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।

बिगत केहि समय देखि ब्रेनटुयुमर रोगबाट पिडित इटहरी संगित चोककी अनुष्का शर्माको निधन भएको हो ।

भारतको दिल्लीमा उपचारको क्रममा अनुस्काको निधन भएको आफन्तहरुले जनाएका छन ।

मृतक अनुस्का इटहरीका ब्यापारी बशं रेडिमेट स्टोरका सञ्चालक दिपक शर्माकी कान्छी छोरी हुन । उद्योग बाणिज्य संघ इटहरीकी कोषाध्यक्ष गायत्री भण्डारीले सामाजिक सञ्जाल फेसबु मार्फत बालिकाको निधन भएको जनाईन ।

के हो ब्रेनट्यूमर?

ब्रेन भनेको मानव मस्तिष्क हो । साथै ट्युमर भनेको अंगमा अनावश्यक मासु पलाउनु हो । सामान्य भाषामा भन्दा मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ ।

ब्रेन ट्युमरलाई हाम्रो समाजमा निकै भयावह रोगमा रुपमा लिइन्छ । यो मस्तिष्कमा लाग्ने रोग भएकाले पनि यसलाई आवश्यक्ता भन्दा भयावह रोगका रुपमा लिइएको हो ।ब्रेन ट्यूमर एक गम्भीर समस्या हो । समयमै रोग पत्ता लागेर उपचार भएको खण्डमा यो रोग निको हुन्छ ।

उपचारमा भएको थोरै मात्र ढिलाइले ज्यानसमेत जानसक्छ । विशेषगरी, ब्रेन ट्युमर भएमा मस्तिष्कको एउटा कोषिका वा अन्य थुप्रै कोषिका असामान्य रुपले बढ्न थाल्छन्, जसका कारण अन्य कोषिका क्षतिग्रस्त हुन थाल्छन् ।

कुनै ब्रेन ट्युमर वंशाणुगत कारणले हुनसक्छ भने कुनै रेडियसनमा एक्सपोज हुनाले पनि हुनसक्छ । सुरुवाती अवस्थामै यसको पहिचान भएको खण्डमा यो रोग पूर्णतया निको पार्न सकिने भएकाले यसको लक्षणबारे गहिराइमा बुझ्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *