यस कारण खुकुलो हुँदै छ भोलिदेखि लकडाउन

यस कारण खुकुलो हुँदै छ भोलिदेखि लकडाउन

समाचार

Sharing is caring!

१० दिनसम्म गरिएको लकडाउनपछि शुक्रबारबाट केही खुकुलो हुने देखिएको छ । बिहीबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लिएका केही निर्णयबाट खुकुलो हुने देखिएको हो ।

समितिको बैठकले ढुवानीलाई थप सहज बनाउने निर्णय गरेको छ । यसले ढुवानी सेवामा रहेका र खाद्यवस्तु ओसार-पसारलाई थप सहज बनाउनेछ ।  विगत १० दिनभन्दा केही बढी चहलपहल बढ्नेछ ।

विशेषगरी आयातमा पनि समस्या भएको र राष्ट्रिय गौरवका आयोजनाका कामहरूसमेत प्रभावित भएकाले सरकारले लकडाउन केही खुकुलो बनाउने निर्णय लिएको हाे ।

‘लकडाउन भएको आज १०औँ दिन पुगेको छ । औषधि, खाद्य सामग्री, इन्धनलगायतको आपूर्तिमा असहज नहोस् भनेर यस्ताे निर्णय गरिएको छ,’ खतिवडाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *