१४ दिन क्वारेन्टाइनमा राख्नुपर्नेमा २ दिनमै घर फिर्ता

१४ दिन क्वारेन्टाइनमा राख्नुपर्नेमा २ दिनमै घर फिर्ता

समाचार

Sharing is caring!

दैलेख । क्वारेन्टाइनमा राखिएकालाई कम्तीमा १४ दिन निगरानीमा राख्नुपर्ने सरकारी तथा कोरोनासम्बन्धी मापदण्ड भए पनि दैलेखको एक स्थानीय तहले २ दिनमै घरमा पठाइदिएको छ।

महाबु गाउँपालिका रहेको क्वारेन्टाइनमा राखिएका २१ जनालाई निगरानी राख्नुपर्ने दिन पूरा नहुँदै घरघरमा पठाइएको हो ।

क्वारेन्टाइनमा राखिएका मानिस विदेशबाट नआई आफ्नै मुलुकका विभिन्न जिल्लाबाट आएको हुँदा घरमा पठाइएको गाउँपालिका प्रमुख जंगबहादुर शाहीले बताए ।

महाबुगाउँपालिकामा २९ जना भारतबाट आएको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले क्वारेन्टाइनमा राखिसकेपछि कम्तीमा मापदण्ड पूरा गर्नुपर्ने सुझाव आफूले दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *