बाजुरा -विद्यालय जाने क्रममा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका– ६ कोर्ध फडिल्ला स्थायी घर भएका दलबहादुर बडुवालकी ६ वर्षीया छोरी कमला बडुवाल रहेकी छिन् ।
मृतक बालिका नेपाल राष्ट्रिय आधारभूत विद्यालय कोर्धमा कक्षा १ मा अध्ययनरत थिइन् । मृतक बालिकाको शव बाटोबाट ५ सय मिटर तल खसेको अवस्थामा दिउँसो १२ बजे फेला परेको बताइएको छ ।
९ बजे घरबाट हिँडेकी कमला घरनजिकै रहेको ढागीलोटा भन्ने ठाउँमा खुट्टा चिप्लिएर लडेको बताइएको छ । बालिकाको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ ।