भारतलाई कोरोनाले गाँज्दै, एकैदिन ५ सय थपिए, ७२ जनाको निधन

भारतलाई कोरोनाले गाँज्दै, एकैदिन ५ सय थपिए, ७२ जनाको निधन

समाचार

Sharing is caring!

धरान । कोभिड–१९ कोरोना भाइरसले पछिल्लो समय भारतलाई गाँज्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ५४५ नयाँ संक्रमित थपिएका छन् ।

भारतमा कोरोनाबाट बुधबार एकैदेनि २३ जनाको मृत्यु भएको थियो भने बिहीबार थप १४ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोनाबाट ७२ जनाले ज्यान गुमाइसके । भारतलाई कोरोनाले गाँज्दै लैजादा नेपालमा पनि त्यसको जोखिम उत्तिकै बढेको छ । सरकारले मुख्य नाकामा आवतजात वन्द गरेपनि लुकिछिपि नेपाल छिर्नेलाई नियन्त्रणमा लिन सकेको छैन ।

भारतमा अहिलेसम्म २५४३ संक्रमित पुगिसकेका छन् । जसमध्ये १९१ जना निको भएर घर फर्किएका छन् । भारत पछि दक्षिण एशियामा पाकिस्तानलाई बढी प्रभाव पारेको छ कोरोनाले । पाकिस्तानमा पनि भारतमा झै एकदैनि ३०३ जना कोरोना संक्रमित देखिएका छन् । अहिलेसम्म पाकिस्तानमा ३४ जनाले ज्यान गुमाए भने अहिलेसम्म २४२१ जना संक्रमित देखिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *