गोदावरी भिलेज रिसोर्टको क्वारेन्टाइनमा १३ इण्डोनेसियन

गोदावरी भिलेज रिसोर्टको क्वारेन्टाइनमा १३ इण्डोनेसियन

समाचार

Sharing is caring!

ललितपुर । लकडाउनको समयमा अचानक ललितपुरमा भेटिएका १३ जना इन्डोनेसियनलाई गोदावरी भिलेज रिसोर्ट पुर्याईएको छ । बुधबार राति प्रहरीद्वारा इमाडोलस्थित मस्जिदमा पुर्याईएका उनीहरुलाई गोदावरी पठाईएको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले जानकारी दिएका छन् ।

मेयर श्रेष्ठका अनुसार उत्त मस्जिदमा पढाउने गरीनथ्यो। मान्छे ल्याएर क्वारेन्टाइन मा राख्ने जस्तो छैन। ‘हामीले उनीहरुलाई गोदावरी पठाइसकेका छौं । उनीहरु सप्तरीबाट काठमाडौं आइपुगेका थिए। बालाजुबाट प्रहरीले थाहै नदिइ त्यहा पुर्याएको श्रेष्ठको भनाइ छ। उनीहरुलाइ गोदावरीस्थित भिलेज रीसोर्टमा लगेको पुष्टि गोदावरीका मेयर गजेन्द्र महर्जनले गरे।

गोदावरीका मेयर गजेन्द्र महर्जनका अनुसार उक्त भिलेज रीसोर्टमा कम्तीमा पचास जनालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ । उनीहरुको सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *