टेकुमा उपचाररत कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट यस्ताे आयाे, डाक्टरहरू तिनछक

टेकुमा उपचाररत कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट यस्ताे आयाे, डाक्टरहरू तिनछक

समाचार

Sharing is caring!

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यससँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ ।

नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो ।

तर बुधबार रिपोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालका एक चिकित्सकले बताए । चैत ४ मा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र चैत ६ मा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकमा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालले दिएको जानकारीअनुसार उनीहरु दुवैको स्वास्थ्य अवस्था भने सामान्य छ । यसैबीच बेलायत कोरोनाभाइरविरुद्ध लड्ने चीनको तरिकालाई लिएर क्रुद्ध बनेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसन नै कोरोना संक्रमित बनेपछि चीनविरुद्ध बेलायत क्रुद्ध बनेको हो ।

एक बेलायती अधिकारीले भनेका छ कि कोभिड–१९ को संकट समाप्त भएपछि बेइजिंगसँग “हिसाब” लिइने छ । बेलायतका सरकारी अधिकारीहरूले चीनले उसको सीमाभित्र फैलिएको कोरोनाभाइरसको प्रकोपको गम्भीरताबारे तथ्यहरु लुकाएको भन्दै असन्तुष्टि जनाएको एक स्थानीय अखबार मेलले उल्लेख गरेको छ ।

उक्त अखबारका अनुसार वैज्ञानिकहरूले जोनसनलाई बताएका छन कि कोरोनाभाइरसबाट संक्रमितको संख्यालाई चीनले १५ गुणासम्म घटाएर भनेको हुन्सक्छ । चीनले हालसम्म ८१ हजार संक्रमित भएको मात्र स्वीकार गरेका छ ।

बेलायतका एक मन्त्री माइकल गोभले बीबीसीलाई भनेका छन- चीनले सार्वजनिक गरेको तथ्यांकमा शंका गर्ने धेरै ठाउँ छ । उनले चीनमा कोरोनाभाइरसको पहिलो संक्रमित डिसेम्बरमै देखिएको थियो तर यसको मापन, प्रकृति र संक्रमणको गहिराईबारे चीनले स्पष्ट रुपले केही पनि नबताएको आरोप लगाएका छन् ।

चिनियाँ सरकारले कोरोनाभाइरसबाट मात्र ३ हजार २ सय ४ जनाको मृत्युको खुलासा गरेको छ । तर रेडियो फ्रि एशियाका अनुसार वुहानमा अनुमानित ४२ हजार शवहरुको अन्त्येष्टि गरिएको छ ।

बेलायती अधिकारीहरूले यो भाइरससँग लड्न प्रयास गरिरहेका अन्य देशहरूलाई सहयोग प्रदान गर्दै चीनले आफ्नो आर्थिक शक्ति पनि विस्तार गर्ने कोशिश गरिरहेको आरोप लगाएको छ ।

उक्त अखबारले बेलायतका तीन अधिकारीहरूलाई उद्धृत गर्दै बेलायत सरकार चीनसँग क्रुद्ध बनेको उल्लेख गरेको छ । उनीहरुले कोरोनोको प्रभाव सकिएपछि चीनसँगको आफ्नो कुटनीतिक सम्बन्धको बारेमा पुनःबिचार गर्ने र हिसाव-किताब लिने पनि बताएका छन् ।

उक्त अखबारले बेलायत सरकारले चिनियाँ टेलिकम कम्पनी हुवावेलाई बेलायतमा ५ जी वायरलेस नेटवर्कको विकास गर्न दिने निर्णयलाई समेत उल्ट्याउन सक्ने उल्लेख गरेको छ ।

चिनियाँ टेलिकम कम्पनी हुवावेलाई बेलायतमा ५ जी वायरलेस नेटवर्कको विकास गर्न दिने बेलायतकाे यो निर्णयमा अमेरिकी राष्ट्रपनि ट्रम्प पनि असन्तुष्ट बन्दै आएका थिए । सो निर्णयप्रति कन्जरभेटिभ पार्टीका सांसदहरू पनि रुष्ट बनेका थिए ।

एक बेलायती मन्त्रीले भने भनेका छन- ‘ हामी हुवावे जस्तै कम्पनीहरु हाम्रो अर्थव्यवस्थामा अनुमति दिइरहेका छौं, यसबारे हामीले पुनर्विचार गर्नुपर्दछ ।’ बेलायती प्रधानमन्त्रीले युकेका प्रत्येक घरलाई पत्र लेख्दै कोरोना भाइरसको जोखिम रोक्न सामाजिक दूरीका नियमहरू पालना गर्न आग्रह गरेका छन् ।

पत्रमा उनले आफूमा कोभिड– १९ पोसिटिभ रहेको जानकारी दिँदै चाँडै सुधार आउने बताएका छन् । बेलायती नागरिकहरु हाल लकडाउनमा बस्नुपरिहेको छ भने कडा समाजिक नियमहरुको पालन गर्दै आएका छन् ।

अमेरिकामा कोरोनाभाइरसबाट ६ हप्ताको शिशुको मृत्यु
संयुक्तराज्य अमेरिकाको कनेक्टीकट राज्यमा एक जना छ हप्ताको शिशुको मृत्यु भएको राज्यका गभर्नर नेड ल्यामोन्टले बताएका छन् । गभर्नर ल्यामोन्टले कोरोनाभाइरसका कारण राज्यमा पहिलो पटक एक शिशुको मृत्यु भएको जानकारी दिए ।

बुधबार ट्वीट गर्दै गभर्नर ल्यामोन्टले भने, “यही कारण हामीले मानिसहरुलाई घरभित्रै बस्न र अरुसँग बाक्लो भेटघाट नगर्न आग्रह गरेका हौं । तपाइँको आफ्नै र अरु धेरैको जीवन वास्तवमै यसमा निर्भर छ ।”

स्वास्थ्य परीक्षण गर्दा यी बच्चामा कोभिड–१९ को संक्रमण देखिएको पनि गभर्नरले बताए । कोभिड–१९ का कारण यति कम उमेरका बच्चाको मृत्यु भएको संभवत विश्वमै पहिलो घटना हो, गभर्नर ल्यामोन्टले भने । कनेक्टीकट राज्यको हार्टफोर्ड क्षेत्रका यी नवजात शिशुलाई गत साता अस्पताल ल्याइएको थियो । तर चिकित्सकहरुले उनलाई बचाउन सकेनन् ।

हार्टफोर्डका मेयर ल्युक ब्रोनिनले पनि नवजात शिशुको मृत्यु भएको पुष्टि गरेका छन् । कनेक्टीकट राज्यमा बुधबारसम्ममा तीन हजार ५०० भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ८५ जनाको मृत्यु भएको छ ।

अस्ट्रेलियामा कोरोनाभाइरस प्रतिरोधी खोपको परीक्षण शुरु
अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोनाभाइरस प्रतिरोधी खोप (भ्याक्सिन) को परीक्षण शुरु गरेको छ ।

सिसिरोले मेलबोर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङस्थित अस्ट्रेलियाली पशु स्वास्थ्य प्रयोगशाला (एएएचएल) मा पहिलो चरणको परीक्षण आरम्भ गरिएको बिहीबार घोषणा गरेको हो ।

यो परीक्षण करिब तीन महिनामा सम्पन्न हुनेछ । यो भ्याक्सिनको प्रभावकारिता र सुरक्षात्मक स्थितिका बारेमा एक प्रकारको मुसामा परीक्षण गर्न लागिएको सिसिरोले जनाएको छ । सिसिरोका प्रमुख कार्यकारी ल्यारी मार्शलले कोरोनाभाइरस विरुद्धको अभियानमा यो एउटा कोशेढुंगा हुने विश्वास लिइएको बताउँदै यस कार्यमा अस्ट्रेलियाली र अन्य मुलुकको अनुभवलाई एकीकृत गरिएको जानकारी दिए ।

उनले मानव स्वास्थ्यका लागि ठूलो चुनौतीका रुपमा देखिएको कोरोनाभाइरस विरुद्धको यस अभियानमा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नु परेको पनि बताए । संक्रामक रोगको महामारी विरुद्ध गठन भएको विश्वव्यापी सञ्जाल (सेपी) को सहयोगमा सिसिरोले गत जनवरीदेखि नै कोरोनाभाइरस प्रतिरोधी भ्याक्सिन निर्माणको कार्यलाई अघि बढाएको थियो ।

भ्याक्सिनको प्रभावकारिताका अलावा सिसिरोले भ्याक्सिन लगाउने तरिकाका बारेमा पनि मूल्याँकन गर्न लागेको छ । यो भ्याक्सिन प्रभावकारी र सुरक्षित हुने देखिए पनि आमरुपमा उपलब्ध हुन १२ देखि १८ महिना लाग्ने सिसिरोले जनाएको छ । प्रयोगशालामा निर्माण गरिएको सार्स–कोभ–२ अर्थात् कोरोनाभाइरसलाई गत जनवरीमा एएएचएल प्रयोगशालामा पठाइएको थियो ।

“हामीले कोरोनाभाइरसका सम्बन्धमा जनवरीदेखि नै अनुसन्धान गरिरहेका छौं र जतिसक्दो चाँडो मानिसमा परीक्षण गर्ने योजना पनि बनाइरहेका छौं,” एएएचएलका निर्देशक ट्रेभोर ड्रिउले बताए ।

उत्तर कोरियाद्वारा ‘कोरोना भाइरस फ्रि’ भएको घोषणा
उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एक जना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ । विश्वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नभएको बताएको हो ।

उत्तर कोरियाका एकजना स्वास्थ्य अधिकारीले सो जानकारी दिएका हुन् । उनले आफ्नो देशमा आजसम्म कोही पनि यसका सङ्क्रमित नभेटिएको बताएका हुन् । तर पनि उत्तर कोरियाले आफ्नो देशमा यसका विरामीहरु भेटिएपनि बाहिर नभनेको बताउने गरेका छन् । यसका कारण उत्तर कोरियाको आलोचना पनि हुने गरेको बताइएको छ ।

तर उत्तर कोरियाले छिमेकी चीनमा गत जनवरीमा कोरोना भाइरसको प्रकोप बढेको समाचारआएपछि आफ्ना सबै सीमाहरु बन्द गरेको थियो । सीमा बन्द गरेर देशभित्र पनि यसबाट बच्ने उपायका बारेमा कडा कानूनहरु लागू गरेको बताइएको छ ।

उत्तर कोरियाको इपिडिमियोलोजी विभागका प्रमुख पाक म्योङ सुले उत्तर कोरियाले अपनाएका कडा कानून र मापदण्डका कारण उत्तर कोरिया यो सङ्क्रमणबाट बच्न सफल भएको बताए ।

उनले आफ्नो देशमा सीमा बन्द, विदेशबाट आउने सबैजनालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, हरेक नागरिकको निगरानी गरेर राज्यले नै उपचार गर्नेजस्ता कार्यहरु गरेका कारण पनि यो महामारी फैलिन नपाएको जानकारी दिएका छन् ।

तर दक्षिण कोरियामा रहेका एकजना अमेरिकी सैन्य कमाण्डर जनरल रोबर्ट अब्रामले भने आफूले उत्तर कोरियामा कोरोना भाइरसको एक विरामी भएको थाहा पाएको बताएका छन् । गत महिना आफूले यस्तो समाचार थाहा पाएको उनको भनाइ थियो ।

दक्षिण कोरियासँगको सीमा क्षेत्रमा यसका एकजना संक्रमित रहेको आफूले थाहा पाएको उनले बताएका थिए । त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘उत्तर कोरियामा केही न केही भएको’ बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *