फ्रान्सको एफिल टावरबाट आमा छोरी’ नामक नेपाली पुस्तक लोकार्पण • OSNepal

फ्रान्सको एफिल टावरबाट आमा छोरी’ नामक नेपाली पुस्तक लोकार्पण • OSNepal

समाचार

Sharing is caring!

फ्रान्स, २६ फागुन । फ्रान्सको राजधानी पेरिसस्थित एफिल टावरबाट ‘आमा छोरीः मदर डटर लिभिङ्ग लिगेसी’ नामक नेपाली पुस्तकको विमोचन भएको छ ।

११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर दृष्टिबिहिन लेखिका बुना दाहालको नेतृत्वमा  १२ जना नेपाली महिलाहरुले लेखेको पुस्तक बुधबार एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो ।
फ्रान्सस्थित नेपाली राजदूतावासका प्रमुख दिपक अधिकारी, उपप्रमुख सिता बस्नेतलगायतले सो पुस्तक विमोचन गरेका हुन।

कार्यक्रमलाई सम्बोधन गर्दै पेरिस्थित नेपाली राजदूतावासका प्रमुख अधिकारीले नेपाली छोरीहरुले लेखेका कृति विश्वको आकर्षणको केन्द्र एफिल टावरबाट लोकार्पण गर्न हुनु ऐतिहासिक भएको बताए । दृष्टिबिहिन भएपनि पुस्तक लेखनजस्तो गहन कार्य गर्ने र यसको नेतृत्व लिने दाहालको कर्मप्रति उनले मुक्तकण्ठले प्रशंसा गरे ।

उता, दूतावासका उपप्रमुख बस्नेतले नेपाली नारीहरु अहिले पनि घरेलु हिंसा, बलात्कारजस्ता घटनाको सिकार हुनुपरेको भन्दै व्यवहारिकरुपमा समाजको सोच नबदलिएसम्म महिलाका समस्या समस्यामै सिमित रहने बताइन् । आमा छोरी मदर डटर लिभिङ्ग लिगेसी’ नामक  पुस्तकको लेखनमा प्रेरणा र नेतृत्व लिने दृष्टिबिहिन लेखिका बुना दाहालले पुस्तक विश्वभरका आमा छोरीको सम्बन्धको प्रतिनिधित्व गरेको बताइन् । उनले आफूले दृष्टि नदेखे पनि एफिल टावर चढेर पुस्तक सार्वजनिक गर्नुको कारण दृष्टिविहिन र महिलाप्रति समाजले गर्ने व्यवहारप्रति सांकेतिक खबरदारी रहेको बताइन्।

अमेरिका, बेलायत र नेपालमा रहेका विभिन्न १२ जना नेपाली लेखिकाहरुले आमा छोरीबीचको सम्बन्ध, आमाले परिवारमा खेल्ने भूमिकालगायतको विषयलाई अनुभवको रुपमा पुस्तकमा उल्लेख गरेका छन् । डाइनामिक बुना र ब्लाइन्ड कोर्पस्ले पुस्तकको प्रकाशन गरेको हो । कुल १ सय ९० पृष्ठ रहेको ‘आमा छोरीः मदर डटर लिभिङ्ग लिगेसी’ नामक पुस्तक साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितले सम्पादन् गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *