धनगढीमा आइसियूमा उपचार गराइरहेका युवकको मृत्यु

धनगढीमा आइसियूमा उपचार गराइरहेका युवकको मृत्यु

समाचार

Sharing is caring!

धनगढी । धनगढीमा सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गराइरहेका भारतीय नागरिकको मृत्यु भएको छ । धनगढीस्थित माया मेट्रो अस्पतालको आइसियूमा उपचार गराइरहेका २४ वर्षीय भारतीय युवकको आज बिहान मृत्यु भएको हो ।

माया मेट्रो अस्पतालले कञ्चनपुरको झलारीमा रहेको आरसिटी एग्रो मेसिनरी कम्पनीमा काम गर्दै आएका ती युवाको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेको छ । अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले बिहीबार आइसियूमा राखिएका उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको बताए ।

उनलाई कम्पनीका सञ्चालक चुडामणी जोशीले नै बिहीबार राति अस्पताल पुर्याएको थिए । अस्पतालका अनुसार युवकमा मधुमेह (सुगर)को समस्या देखिएको थियो । उनलाई निमोनिया भएको आशंका गरिएको छ । आरसिटी एग्रो मेसिनरी कम्पनीका सञ्चालक जोशीले उनी बिरामी परेपछि बुधबार झलारीको एक क्लिनीकमा सामान्य परीक्षणपछि सेती अस्पताल ल्याएको बताए ।

एक दिन सेती अस्पतालमै भर्ना भएका उनको अवस्था गम्भीर भएपछि चिकित्सकहरुले आइसियूमा राख्नुपर्ने सुझाएका थिए। तर सेतीमा आइसियू खाली नरहेकाले अन्यत्र लैजान भनेपछि जोशीले नै बिरामीलाई माया मेट्रो अस्पताल र्पुयाएका हुन्।

यसैबीच मृतकको थ्रोट स्वाब संकलन गरी परीक्षण गरिने माया मेट्रो अस्पतालले जनाएको छ । अस्पतालका अनुसार कोरोनाको लक्षण नदेखिए पनि भारत शव लैजादा अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने भएकाले परीक्षण गर्न लागिएको हो । उनको स्वाब संकलनका लागि सेती अस्पतालबाट स्वास्थ्यकर्मी पुगिसकेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *