मिसन ग्रासरुट : सिन्धुलीमा नेताहरु कार्यकर्ताको गुनासो सुन्दै

मिसन ग्रासरुट : सिन्धुलीमा नेताहरु कार्यकर्ताको गुनासो सुन्दै

समाचार

Sharing is caring!

सिन्धुली – नेपाल कम्युष्टि पार्टी (एमाले)ले सञ्चालन गरेको मिशन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्र्तगत यतिवेला सिन्धुलीमा केन्द्र, प्रदेश तथा जिल्ला स्तरका नेताहरु वडा–वडामा पुगेर कार्यकर्ताहरुको गुनासा र पार्टी निर्माणका संभावनाहरुको लागी जुटिरहेका छन ।

स्थानीय तह निर्वाचन तथा प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनसँग नराम्रो हार ब्यहोरेको नेकपा(एमाले) आफ्ना कार्यकर्ताहरुको गुनासो सुन्न र पार्टीलाई अझ बलियो बनाउन भन्दै गाउँ–गाउँ पुगेको हो । प्रतिनिधीसभामा २, प्रदेशसभामा ४ सिट रहेको सिन्धुलीमा नेकपा(एमाले) क्लीन स्वीप भएको थियो भने ९ स्थानीय तह र ७९ वडा मध्ये २ स्थानीय तहको प्रमुख, २ स्थानीय तह उपप्रमुख र २३ वडा अध्यक्षमा सिमित भएको थियो ।

गठबन्धनका कारण अपेक्षित जित हासील गर्न नसकेको बताउँदै आईरहेको नेकपा(एमाले)ले निर्वाचन सकिए लगत्तै अन्य दलहरु सत्ताको भागवण्डा र केन्द्र तथा जिल्ला तहमै केन्द्रीत भईरहेका बेला मिशन ग्रासरुट अभियानको नाम दिएर नेता कार्यकर्ताहरुलाई गाउँ–गाउँ पठाएको छ ।

सिन्धुलीमा केन्द्रबाट केन्द्रीय सदस्य सरेश नेपाल, दावा लामा र प्रभा बराल खटिनु भएको छ भने प्रदेश कमिटीका २२ जना सदस्यहरु विभिन्न् गाउँपालिका तथा वडाहरुमा खटिएका छन । त्यस्तै १२६ जना जिल्ला कमिटी सदस्य, विभिन्न् जनवर्गिय संगठनका नेता तथा कार्यकर्ताहरु गाउँ–गाउँमा खटिएको नेकपा(एमाले) जिल्ला सचिब नारायण बरालले जानकारी दिनुभयो ।

मिशन ग्रासरुट अभियान अन्र्तगत पहिलो चरणमा ९ वटै नगर÷गाउँपालिका स्तरमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पनन् गरि वडा स्तरमा अभिमुखीकरण कार्यक्रम सञ्चालन भैरहेको नेकपा(एमाले) जिल्ला कार्यालय सचिब नबराज थिंगले बताउनुभयो ।

मिशन ग्रासरुट अभियान अन्र्तगत कमलामाई नगरपालिकाको ८ वटा वडाहरुमा अभिमुखीकरण वैठक सम्पनन् गरिसकिएको र अन्य वडाहरुको निरन्तर काम भैरहेको बागमती प्रदेश कमिटीको तर्फबाट अभियानको सहजीकरण गरिरहनु भएको डम्बर कार्कीले जानकारी दिनुभयो ।

अभियान अन्र्तगत पार्टी सदस्यता विस्तार र नविकरण, प्रशिक्षण, टोल कमिटी गठन गर्दै पार्टीलाई सुदृढिकरण गर्नुका साथै बैचारिक राजनैतिक हिसाबले स्पष्ट कार्यकर्ताहरुको निर्माण गर्ने अभियानको मुल लक्ष्य रहेको कार्कीले बताउनुभयो ।

अभियान पश्चात पार्टीको सदस्यता नविकरण र विस्तार मार्फत आधारभुत तहमा पार्टी सदस्यहरुको बास्तविक तथ्यांक, उनिहरुको अवस्था पालिका, वडा, टोल कमिटीको क्रियाशिलता सहित समग्रमा यर्थाथ जानकारी हुने, नेता कार्यकर्ता बीच एवम् पार्टी र जनता बीचको सम्बन्ध थप घनिष्ठ बनाउने, स्थानिय तहमा उत्पन्न हुन सक्ने अन्तरविरोधको पहिचान र समाधानको ठोस विकल्पवारे सिफारिस प्राप्त हुने नेकपा(एमाले) सिन्धुलीका अध्यक्ष कुमार बहादुर कार्कीले बताउनुभयो ।

त्यस्तै पार्टी कमिटी र जनप्रतिनीधि बीचको सम्बन्धवारे बैचारिक राजनीतिक र संरचनागत स्पष्टता हाँसिल हुने, स्थानिय तहका जनप्रतिनीधिहरुको भुमीका थप प्रभावकारी बनाउने, सम्भावना युक्त नयाँ पुस्ताको पहिचान गर्ने, पार्टी अनुशासित र एकतावद्ध हुने, संगठनात्मक व्यवस्था सुदृढ गर्ने अभियानको उद्देश्य रहेको पनि कार्कीले बताउनुभयो ।

फागुन ५ गते देखी शुरु गरिएको यो अभियान अब जिल्लाको ९ वटै पालिकाको ७९ वटै वडा, टोल पार्टी जनवर्गी संगठन सहित घरघरमा सञ्चालन गरिने नेकपा(एमाले) सिन्धुलीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख संजय दाहालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *