३५ तोला सुनसहित पक्राउ परेका बुटवलका तत्कालीन डिएसपी ठगबहादुरलाई कारबाही सिफारिस • OSNepal

३५ तोला सुनसहित पक्राउ परेका बुटवलका तत्कालीन डिएसपी ठगबहादुरलाई कारबाही सिफारिस • OSNepal

समाचार

Sharing is caring!

काठमाडौं – ३५ तोला सुनसहित पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डिएसपी ठगबहादुर केसीलाई कारबाही सिफारिस भएको छ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई एसएसपी चन्द्रकुबेर खापुङ नेतृत्वको छानबिन समितिले डिएसपी केसीको गल्ती औँल्याएको हो। ठगको बाट स्रोत नखुलेको ३५ तोला सुन गत ११ पुसमा केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको थियो। सो सुन बरामद गर्दा प्रक्रिया पूरा नगरेको र बदनियत राखेको छानबिन समितिको निष्कर्ष छ।

डिएसपी ठगबहादुरले बुटवलकै एक सुन पसलेबाट तस्करीको आरोपमा सो सुन बरामद गरेका थिए। अवैध भएको पुष्टि भए राजस्व तथा कार्यालय बुझाउनुपर्ने तथा वैध देखिए सम्बन्धित व्यक्तिलाई नै बुझाउनुपर्नेमा उनले आफैँसँग राखेकाले बदनियत देखिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *