सुनसरीमा लागुऔषधसहित प्रभु समातिए • OSNepal

सुनसरीमा लागुऔषधसहित प्रभु समातिए • OSNepal

समाचार

Sharing is caring!

सुनसरी, २९ फागुन । धरान उपमहानगरपालिका(१६ नौलोबस्तीबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १२ हजार २ सय क्याप्सुल र स्पास्पेइन ५ सय ३० क्याप्सुलसहित सोही ठाउँ बस्ने २७ वर्षीय प्रभु साह समेत २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यलय विराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *