प्रकाशित मिति : मङ्लबार, फाल्गुन ३०, २०७९
सिन्धुलीका निजि तथा सामुदायिक विद्यालयमा बेलबेला विद्यार्थीमाथि निर्मम कुटपिट भएको खबर बाहिरिने गरेको छ । गृहकार्य नगरेको, प्रश्नको उत्तर नदिएको लगायत विद्यार्थीको कमिकमजोरी देखाउदैँ निलडाम हुने गरि शिक्षकद्वारा विद्यार्थीमाथी कुटपिट भईरहेको छ । केही महिनाअघि मात्रै पनि जिल्लाको सुनकोशी गाउँपालिकामा शिक्षकको कुटपिट सहन नसकेर एक विद्यार्थीले आत्महत्या गरेकि थिईन् । सोमबार मात्रै जिल्लाको एक निजि विद्यालयको शिक्षिकाले कक्षामा पढ्ने छात्रालाई कुटपिट गरि घाइते बनाएको तस्बिर सामाजिक संजालमा देखिएको छ । गृह कार्य नगरेको भन्दै विद्यालयका शिक्षकशिक्षिकाले विद्यार्थीलाई कुटपिट गरेको घट्ना दिनदिनै बाहिरिने क्रम बढेको छ । शिक्षण सिकाईको विविध तरिका हुन्छ ।
तर, जिल्लाका अधिकांश निजि तथा सामुदायिक विद्यालयको मुल मन्त्र नै विद्यार्थीलाई कुटपिट गरि तर्साउँदै पढाईमा ध्यान केन्द्रित गराउने जस्तो देखिएको छ । शिक्षण विधिमा व्यापक सुधार नल्याएसम्म विद्यार्थीमाथि कुटपिटको श्रृ्ंखला रोकिनेछैन । तसर्थ, जिल्लामा नीति निर्माण तथा जिम्मेवार पदमा आसिन व्यक्तिवहरूले जिल्लाको पठनपाठन शैलिलाई गुणस्तरिय बनाउनतर्फ विशेष ध्यान दिन आवश्यक छ । त्यसैगरि, शैक्षिक संसथाले पनि मरणसार हुने गरि विद्यार्थीलाई कुटपिट गर्ने भन्दा पनि अभिभावकसँग छलफल गरि आवशयक कदम चाल्न जरूरी छ ।