काेरेानाकाे त्रासले देश लकडाउन भएका बेला नेपालमा भूकम्पकाे कडा धक्का, कहाँ हाे केन्द्रविन्दु

काेरेानाकाे त्रासले देश लकडाउन भएका बेला नेपालमा भूकम्पकाे कडा धक्का, कहाँ हाे केन्द्रविन्दु ?

समाचार

Sharing is caring!

काठमाठाैं । काेराेना भाइरसकाे त्रासले देश लकडाउन छ । यहि बेलामा भूकम्पले समेत तर्साउन छाेडेकाे छैन । आज बिहिबार बझाङमा भूकम्पको धक्का महसुस भएको छ ।

आज ८ : ५५ बजे भूकम्पको कडा धक्का महसुस भएको हो । बझाङको केदारस्युँ गाउँपालिका भामचौर केन्द्रबिन्दु बनाएर भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। स्थानीयले समेत कडारूपमा हल्लाएकाे जानकारी दिएका छन् ।

यसैबीच नेपालको छैटौं कोरोना संक्रमित महिला बागलुङको भएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरेका हुन् ।

उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले नेपालमा छैटौं कोरोना संक्रमित भेटिएको जानकारी गराएका थिए । अहिलेसम्म घरमै बसेकी उनलाई अस्पताल ल्याउने तयारी भइरहेको चिकित्सकहरुले बताएका छन् ।

यस्तै सारा विश्व नै प्राणघातक कोरोनासँग जुधिरहेका बेला विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का प्रमुखलेअब आउने केही दिनभित्रै विश्वमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दश लाख पुग्ने डरलाग्दो चेतावनी दिएको छ ।

डब्लूएचओले सावधानीका उपाय बारेको आफ्नो सुझाव परिमार्जन गर्दै अनुहार ढाक्ने मास्कहरूको प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा छलफल गर्न लागेको पनि जनाएको छ।

जोन्स हप्किन्स विश्वविद्यलायको तथ्याङ्क अनुसार पुष्टि भएका कोरोनाभाइरस सङ्क्रमणको संख्या ९ लाख ३७ हजार १७० रहेको छ भने ४७ हजार २ सयभन्दा बढीले ज्यान गुमाएका छन्।

कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै विश्वभरि कुल जनसङ्ख्याको आधा मानिस कुनै किसिमको नियमनको अवस्थामा रहेको बताइएको छ।

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका प्रमुखले कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरू निकै उच्च गतिमा बढेर गत साता दोबरभन्दा बढी पुगेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

टेड्रस एड्हानोम गेहब्रेयससले भने, “आउँदा केही दिनमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या विश्वमा दश लाख र मृत्यु हुनेको ५० हजार पुग्नेछ। यो विश्वको सबैजसो देश वा क्षेत्रमा पुगेको छ।”

यसैबीच डब्लुएचओ, विश्व ब्याङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

मास्कको उपयोगिता कति ? डब्लूएचओले थाल्यो नयाँ अध्ययन
कोरोना भाइरसबाट जोगिन एउटा प्रमुख अस्त्रका रूपमा हेर्ने गरिएको छ, फेस मास्कलाई । तर, के मास्कले कोरोना संक्रमण रोक्न सक्छ त ? यो विषयलाई अहिले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ शिराबाट अन्वेषण गरिरहेको छ ।

सो प्यानलका अध्यक्ष प्रोफेसर डेभिड हेइम्यान नयाँ अध्ययनले मास्कका सन्दर्भमा बिल्कुल नयाँ निचोड निकाल्न सक्ने बताउँछन् । डब्लूएचओका भूतपूर्व निर्देशकसमेत रहेका उनले बीबीसीलाई भने, ‘मास्कको प्रयोगसम्बन्धमा दिइएका सुझावलाई पुनरावलोकन गर्नका लागि डब्लूएचओले छलफलको नयाँ ढोका खोलेको छ ।’

अहिले डब्लूएचओेले खोकिरहेको कुनै व्यक्तिबाट संक्रमण नसरोस् भन्नका लागि कम्तीमा एक मिटरको दूरी कायम गर्न सुझाव दिँदै आएको छ । बिरामी वा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाहरूलाई मास्क लगाउन डब्लूएचओेले भनेको छ । तर स्वस्थ व्यक्तिले भने जतिबेला पनि मास्क लगाइरहनु नपर्ने उसको निष्कर्ष छ ।

डब्लूएचओेका अनुसार, स्वस्थ व्यक्तिले त्यतिबेला मात्रै मास्क लगाउनुपर्छ, जब ऊ बिरामी वा संक्रमितसँग घुलमिल भइरहेको हुन्छ । तर यस्तो अवस्थामा मास्क लगाउनु मात्रै पर्याप्त हुँदैन । पटकपटक हात धुनु र सेनिटाइजरको प्रयोग गर्नु पनि उत्तिकै जरुरी छ ।

डब्लूएचओेको मार्गदर्शनलाई अनुशरण गर्दै विभिन्न देशले आफ्ना नागरिकलाई एक मिटरको दूरी कायम गर्न अनुरोध गरेका छन् । यसलाई ‘सोसल डिस्ट्यान्सिङ भन्ने गरिन्छ । कुनै व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा मुखबाट निस्कने थुकको छिटा अर्को व्यक्तिसम्म नपुगोस् भन्नका लागि यो दूरी कायम गर्न भनिएको हो । यस्तो छिटामा संक्रमण हुनसक्छ ।

अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले उच्च गतिको क्यामरा र अन्य सेन्सरको प्रयोगबाट गरेको अनुसन्धानले यससम्बन्धमा नयाँ तथ्य पत्ता लगाएको छ । उक्त अध्ययनअनुसार, कुनै व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा ग्यासको सानो फोहरा पनि निस्किन्छ, जसमा तरल पदार्थका सूक्ष्म कणहरू हुन्छन् । खोक्दा ६ दूरीसम्म र हाछ्यूँ गर्दा ८ मिटर दूरीसम्म यस्तो फोहोरा पुग्न सक्ने अध्ययनले पत्ता लगाएको छ ।

सो अध्ययनमा संलग्न प्रोफेसर लिडिया बोउरोउबा भन्छिन्, ‘यो तथ्यले व्यक्ति–व्यक्तिबीच सुरक्षित दूरी कति हो भन्नेमा नयाँ बहसको ढोका उघारेको छ । अहिलेसम्म हामीले १ मिटर दूरी कायम गर्ने जुन कुरा गरिरहेका छौं, त्यसले गलत नतिजा दिन सक्छ ।’

त्यसो भए यस्तोमा फेस मास्कले कति सहयोग गर्छ त ?
प्रोफेसर बोउरोउबाको भनाइमा खासगरी घरभित्र, हावा राम्ररी बाहिर पास नहुने अवस्थामा मास्कले सहयोग गर्छ । उदाहरणका लागि कोही संक्रमितसँग सम्पर्कमा आएको बेला मास्क लगाएको छ भने उसको श्वासको प्रवाहलाई यसले छेक्छ र भाइरसलाई मुखमा आउन दिँदैन ।

प्रोफेसर हेइम्यानका अनुसार, एमआईटी र अन्य संस्थाहरूले गरेको नयाँ अनुसन्धानलाई डब्लूएचओेले अध्ययन गर्नेछ । यदि ती अनुसन्धानको निष्कर्षसँग सहमत भएमा ‘दूरी कायम गर्नभन्दा मास्क लगाउनलाई नै डब्लूएचओेले प्रेरित गर्ने उनको भनाइ छ ।

मास्क लगाउँदा पनि धेरै कुरा विचार गर्नुपर्ने उनी बताउँछन् । मास्कले नाकमा ट्याप्प कसेको हुनुपर्छ । यो यदि थुकले चिसो भयो वा भिज्यो भने तुरुन्त बदल्नुपर्छ । अन्यथा त्यहाँबाट भाइरस छिर्न सक्छ । मास्क खोल्दा पनि हातमा संक्रमण नसर्ने गरी सावधानीपूर्वक खोल्नुपर्छ ।

मास्क हरदम लगाइरहनुपर्ने हेइम्यानको कथन छ । उनी भन्छन्, ‘मास्क फुकालेर खाना वा चुरोट खाने अनि फेरि त्यही मास्क लगाउने गर्नु हुँदैन ।’ डब्लूएचओेको प्यानलले दुई–तीन दिनभित्र अर्को भर्चुअल वैठक गर्दैछ । (बीबीसी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *