नेपालमा आज राति १२ बजेदेखि बन्द हुदैछ यस्ताे काम, अब के हुन्छ

नेपालमा आज राति १२ बजेदेखि बन्द हुदैछ यस्ताे काम, अब के हुन्छ ?

समाचार

Sharing is caring!

काठमाडौं । लकडाउनका कारण हवाइ उडानमा लागेको प्रतिवन्धसँगै नेपालका विभिन्न स्थानमा फसेका विदेशी पर्यटकको उद्दारको काम आज राति १२ बजेदेखि बन्द हुने भएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार शुक्रबारसमेत देशका विभिन्न स्थानबाट पर्यटकहरु काठमाडौं आइरहेका छन् । तर, राति १२ बजेपछि जुन पर्यटक जहाँ छन्, लकडाउन नखुलेसम्म त्यहीँ बस्नुपर्ने भएको छ । उनीहरु आवत–जावत खुकुलो भएपछि मात्र बाहिर निस्कन पाउने छन् ।

यसबीचमा धेरैजसो मुलुकले आफ्ना नागरिकलाई नेपालबाट उद्धार गरी स्वदेश फर्काइसकेका छन् । बोर्डका सीइओ डा. धनन्जय रेग्मीका अनुसार शुक्रबार लुक्ला र फाप्लुबाट २८ जना पर्यटकको उद्धार गरेर काठमाडौं ल्याइएको छ ।

शुक्रबार नै पोखराबाट दुईवटा बसमा पर्यटकहरु काठमाडौं आइरहेका छन् । ‘आज पर्यटकको उद्धार गर्ने समय तोकिएको अन्तिम दिन हो,’ रेग्मीले भने, ‘हामीले नेपालस्थित दूतावासबाट अनुरोध भई आएका र ईच्छुक सबै पर्यटकलाई आज काठमाडौं ल्याइसक्छौं ।’

यसअघि पर्यटन मन्त्रालयले २१ चैत राति १२ बजेसम्म नेपालभर रहेका पर्यटकलाई आ–आफनो मुलुक फर्काउन समय तोक्ने निर्णय गरेको थियो । सोहीअनुसार बोर्ड र मन्त्रालयले स्थानीय प्रशासनसँग पर्यटकलाई स्थलमार्गबाट समेत काठमाडौं आउने वातावरण बनाउन आग्रह गरिएको थियो ।

आजदेखि काठमाडौं बाहिरबाट थप उद्धारको काम बन्द भए पनि काठमाडौंमा रहेका विदेशी नागरिकलाई भने ती मुलुकहरुले फिर्ता लैजाने काम भने जारी रहने सरकारी अधिकारी बताउँछन् । पूर्वको ताप्लेजुङदेखि पश्चिममा धनगढीसम्मबाट पर्यटकहरु काठमाडौं ल्याइएको छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार लकडाउन शुरु भएयता देशका विभिन्न स्थानबाट १७०८ जना पर्यटकको उद्दार भएको छ । यो शुक्रबार काठमाडौं आउँदै गरेका पर्यटकको समेत संख्या जोड्दा पुग्ने संख्या हो ।

नेपालमा रहेका पर्यटक फिर्ता लैजान धमाधम चार्टर्ड उडान भइरहेका छन् । यसबीचमा यूरोपियन यूनियन मातहतका मुलुकका पर्यटक लैजान कतार एयरवेजका तीनवटा जहाज चार्टर्ड भइसकेको छ ।

यसबीचमा अमेरिकन दूतावासले समेत कतार एयरवेजबाटै पर्यटक फिर्ता लगेको छ । अष्ट्रेलिया र न्यूजिल्याण्डले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी पर्यटक फिर्ता लगेका छन् । नेदरल्याण्ड्सले मलेसिया एयरको जहाजबाट यात्रु फिर्ता लग्यो ।

अष्ट्रिया र चेक रिपब्लिकले समेत मलेसियन एयरबाटै यात्रु फिर्ता लैजाने तयारी गरिहकेको बोर्डको भनाइ छ । जर्मनीले समेत एउटा चार्टर्ड जहाज नेपाल पठाउने तयारी गरेको छ । कोरिया र बेलायतले पनि आफ्ना नागरिक फिर्ता लैजाने तयारी गरिरहेका छन् ।

यसपछि विभिन्न जिल्लामा रहेका पर्यटकहरु शनिबारदेखि काठमाडौं आउन पाउने छैनन् । यसबीचमा कतिपय पर्यटक स्वदेश फर्कन चाहेका छन् भने कतिपय आफ्नो देशमा कोरोनाको संक्रमण बढी भएको र नेपालमै सुरक्षित भइने ठानेर भिसा अवधि नसकिउन्जेल यतै बस्ने निर्णयमा पुगेका छन् ।

कतिपय पर्यटकको भने आफ्नो मुलुकले चार्टर्ड उडानको व्यवस्था नगर्दा नेपालमै बस्नुपर्ने बाध्यता आएको हो । सीइओ रेग्मीका अनुसार पोखरामा करीब १ सय जना विदेशी पर्यटक अझै बाँकी छन् । केही पर्यटक लुक्लामा समेत बसेका छन् । उनीहरु भने अब लकडाउन खुलेपछि मात्र बाहिर निस्कन पाउने भएका छन् ।

यसैबीच कोरोना भाइरस (कोभिड–१९)का कारण संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । हालसम्म संक्रमितको संख्या १० लाख १४ हजार ४ सय ९९ पुगेको छ। त्यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ हजार नाघेको छ। हालसम्म ५३ हजार १ सय ५९ को मृत्यु भइसकेको छ । हालसम्म २ लाख १२ हजार १८ निको भएका छन् ।

त्यसैबिच कोरोना भाइरसबाट जोगिन एउटा प्रमुख अस्त्रका रूपमा हेर्ने गरिएको छ, फेस मास्कलाई । तर, के मास्कले कोरोना संक्रमण रोक्न सक्छ त ? यो विषयलाई अहिले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ शिराबाट अन्वेषण गरिरहेको छ ।

सो प्यानलका अध्यक्ष प्रोफेसर डेभिड हेइम्यान नयाँ अध्ययनले मास्कका सन्दर्भमा बिल्कुल नयाँ निचोड निकाल्न सक्ने बताउँछन् । डब्लूएचओका भूतपूर्व निर्देशकसमेत रहेका उनले बीबीसीलाई भने, ‘मास्कको प्रयोगसम्बन्धमा दिइएका सुझावलाई पुनरावलोकन गर्नका लागि डब्लूएचओले छलफलको नयाँ ढोका खोलेको छ ।’

अहिले डब्लूएचओेले खोकिरहेको कुनै व्यक्तिबाट संक्रमण नसरोस् भन्नका लागि कम्तीमा एक मिटरको दूरी कायम गर्न सुझाव दिँदै आएको छ बिरामी वा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाहरूलाई मास्क लगाउन डब्लूएचओेले भनेको छ । तर स्वस्थ व्यक्तिले भने जतिबेला पनि मास्क लगाइरहनु नपर्ने उसको निष्कर्ष छ ।

डब्लूएचओेका अनुसार, स्वस्थ व्यक्तिले त्यतिबेला मात्रै मास्क लगाउनुपर्छ, जब ऊ बिरामी वा संक्रमितसँग घुलमिल भइरहेको हुन्छ । तर यस्तो अवस्थामा मास्क लगाउनु मात्रै पर्याप्त हुँदैन । पटकपटक हात धुनु र सेनिटाइजरको प्रयोग गर्नु पनि उत्तिकै जरुरी छ ।

डब्लूएचओेको मार्गदर्शनलाई अनुशरण गर्दै विभिन्न देशले आफ्ना नागरिकलाई एक मिटरको दूरी कायम गर्न अनुरोध गरेका छन् । यसलाई ‘सोसल डिस्ट्यान्सिङ भन्ने गरिन्छ । कुनै व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा मुखबाट निस्कने थुकको छिटा अर्को व्यक्तिसम्म नपुगोस् भन्नका लागि यो दूरी कायम गर्न भनिएको हो । यस्तो छिटामा संक्रमण हुनसक्छ ।

अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले उच्च गतिको क्यामरा र अन्य सेन्सरको प्रयोगबाट गरेको अनुसन्धानले यससम्बन्धमा नयाँ तथ्य पत्ता लगाएको छ । उक्त अध्ययनअनुसार, कुनै व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा ग्यासको सानो फोहरा पनि निस्किन्छ, जसमा तरल पदार्थका सूक्ष्म कणहरू हुन्छन् । खोक्दा ६ दूरीसम्म र हाछ्यूँ गर्दा ८ मिटर दूरीसम्म यस्तो फोहोरा पुग्न सक्ने अध्ययनले पत्ता लगाएको छ ।

सो अध्ययनमा संलग्न प्रोफेसर लिडिया बोउरोउबा भन्छिन्, ‘यो तथ्यले व्यक्ति–व्यक्तिबीच सुरक्षित दूरी कति हो भन्नेमा नयाँ बहसको ढोका उघारेको छ । अहिलेसम्म हामीले १ मिटर दूरी कायम गर्ने जुन कुरा गरिरहेका छौं, त्यसले गलत नतिजा दिन सक्छ ।’

त्यसो भए यस्तोमा फेस मास्कले कति सहयोग गर्छ त ? प्रोफेसर बोउरोउबाको भनाइमा खासगरी घरभित्र, हावा राम्ररी बाहिर पास नहुने अवस्थामा मास्कले सहयोग गर्छ । उदाहरणका लागि कोही संक्रमितसँग सम्पर्कमा आएको बेला मास्क लगाएको छ भने उसको श्वासको प्रवाहलाई यसले छेक्छ र भाइरसलाई मुखमा आउन दिँदैन ।

प्रोफेसर हेइम्यानका अनुसार, एमआईटी र अन्य संस्थाहरूले गरेको नयाँ अनुसन्धानलाई डब्लूएचओेले अध्ययन गर्नेछ । यदि ती अनुसन्धानको निष्कर्षसँग सहमत भएमा ‘दूरी कायम गर्नभन्दा मास्क लगाउनलाई नै डब्लूएचओेले प्रेरित गर्ने उनको भनाइ छ ।

मास्क लगाउँदा पनि धेरै कुरा विचार गर्नुपर्ने उनी बताउँछन् । मास्कले नाकमा ट्याप्प कसेको हुनुपर्छ । यो यदि थुकले चिसो भयो वा भिज्यो भने तुरुन्त बदल्नुपर्छ । अन्यथा त्यहाँबाट भाइरस छिर्न सक्छ । मास्क खोल्दा पनि हातमा संक्रमण नसर्ने गरी सावधानीपूर्वक खोल्नुपर्छ ।मास्क हरदम लगाइरहनुपर्ने हेइम्यानको कथन छ । उनी भन्छन्, ‘मास्क फुकालेर खाना वा चुरोट खाने अनि फेरि त्यही मास्क लगाउने गर्नु हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *