काकाले बोकेको भरूवा बन्दुक पड्किँदा १६ वर्षी भतिजाको मृत्यु, घटनापछि फरार भएका काका प्रहरी नियन्त्रणमा • OSNepal

काकाले बोकेको भरूवा बन्दुक पड्किँदा १६ वर्षी भतिजाको मृत्यु, घटनापछि फरार भएका काका प्रहरी नियन्त्रणमा • OSNepal

समाचार

Sharing is caring!

सल्यान – सल्यानमा भरूवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १६ वर्षीय चित्रबहादुर रावत रहेका छन् । सोमबार बेलुका बनगाड नगरपालिका–९ स्वाराका ४० वर्षीय काका आईते रावतले बोकेको उक्त बन्दुक पड्किँदा भतिजा चित्रबहादुरको पेट र घाँटीमा गोली लागेर मृत्यु भएको हो ।

घटना लगत्तै चित्रबहादुरलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो।उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमा ओरघाट भन्ने ठाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बन्दुक बोकेका काका नाता पर्ने आईते रावतलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ। घटनापछि फरार भएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *