उद्योग बाणिज्य संघद्धारा रेडक्रसको नयाँ नेतृत्वलाई सम्मान ::

उद्योग बाणिज्य संघद्धारा रेडक्रसको नयाँ नेतृत्वलाई सम्मान ::

समाचार

Sharing is caring!

सिन्धुली– सिन्धुली उद्योग बाणिज्य संघले नेपाल रेडक्रस सोसाईटी सिन्धुली शाखाको नयाँ नेतृत्वलाई एक समारोह बीच बधाई तथा सम्मान गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको ५२ औं बार्षिक साधारणसभा तथा अधिवेशनबाट गत फाल्गुण ९ गते निर्वाचित सभापति लगायत पदाधिकारी र सदस्यहरुलाई संघले कार्यकाल सफलताको शुभकामना सहित सम्मान गरेको हो ।

सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रश सिन्धुलीका सभापति अशोक श्रेष्ठले उद्योग बाणिज्य संघले गरेको सम्मानले सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल हुन थप हौसला प्राप्त भएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको ५२ औं बार्षिक साधारणसभा तथा अधिवेशनबाट अशोक श्रेष्ठ सभापति, महेश्वर कोइराला उपसभापति, महिला उपसभापतिमा सकुन्तला श्रेष्ठ, मन्त्रीमा लाल बहादुर कार्की, कोषाध्यक्षमा पुरुषोतम प्रसाद अधिकारी, उपमन्त्रीमा केदार प्रसाद देवकोटा र उपकोषाध्यक्षमा गोबिन्द बहादुर बस्नेत सहित १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *