नयाँ नेतृत्वले विद्यार्थीको हकअधिकारका लागि लड्न जरुरी छ

नयाँ नेतृत्वले विद्यार्थीको हकअधिकारका लागि लड्न जरुरी छ

समाचार

Sharing is caring!

सिन्धुलीको १० वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चुनाव अगावै सर्वसम्मत भएको छ । जिल्लाको १० वटा क्याम्पसमा निर्वाचन प्रक्रियामा नगई सर्बसम्मत रुपमा कमिटी चयन भएको छ । झण्डै एक दशक बढी समय पछि भएको स्ववियु चुनावले विद्यार्थीमा हौसला साथै आशा पैदा गरेको छ । चुनावले विद्यार्थीलाई राजनितिकमा चाख बढाएको छ । स्ववियुको नेतृत्व चयन भइरहदा विद्यार्थीले अभिभावक पाएको महशुस गरेका छन् । नवनिर्वाचित विद्यार्थी नेताका लागि पनि राजनितिक भविष्य निर्माणको अवसर हो । अवको नेतृत्वले विद्यार्थीको हकहित प्राप्तिका लागि अग्रसर हुनुपर्दछ । जिल्लामा शिक्षा क्षेत्रमा आर्थिक अनियमिता बढेको छ भने, सुसाशन र शिक्षा गुणस्तरियतामा कमि आएको छ ।

क्याम्पसका लागि छुट्टाएको बजेटमा हुने अनियमितता रोक्न स्ववियु नेतृत्व चनाखो हुन आवश्यक छ । छात्रवृत्ति, पुस्कार वितरण लगाएत क्याम्पसमा हुने विद्यार्थी कल्याणकारी कार्यक्रममा विद्यार्थी नेताले कमिशन लिएर गुपचुप बस्ने परिपाटिको अन्त्य हुन जरुरी छ । त्यसैगरि, क्याम्पस प्रशासनसँग मिलेर बेथितिलाई लुकाउने वा बेथिति देखाएर कमिशनको बार्गेनिङ गर्न छोडेर समग्र शिक्षाको गुणस्तरियता कायम गर्न प्रतिपक्षको भुमिकामा केन्द्रित हुन जरूरी छ । शिक्षामा हुने भष्ट्राचार, अनियमितता र विद्यार्थीको हकहितकालागि स्ववियुले महत्वपुर्ण भुमिका खेल्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *