सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका–१२ मा गलैंचा बुनाई सम्बन्धी प्राविधिक तालिम सम्पन्न भएको छ । गरिबी निवारणको लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत नेपाल सरकारको शसर्त अनुदान र कमलामाई नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित एक महिले तालिमको समापन गरिएको हो । तालिममा वडा नं. १२ का ५ जना महिलाहरुको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रमको अवसरमा कमलामाई प्रमुख उपेन्द्र पोख्रेलले स्थानीय नागरिकलाई रोजगारी र आयआर्जन संग जोड्नको लागि तालिमको आयोजना गरिएको बताउनुभयो । प्राप्त तालिम बाट संगठित भई ब्यवसाय संचालन र एैक्यबद्धता जनाउन आग्रह गर्नुभएको छ । मेयर पोखरेलले ब्यवसाय बिस्तार र आय आर्जन बृद्धिको लागि नगरपालिका कार्यालयले सधै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
तालिम समापन कार्यक्रममा कमलामाई नगरपालिका प्रमुख प्रसासकिय अधिकृत सुर्य प्रसाद दाहालले सबैभन्दा ठुलो सिप भएकाले तालिममा सिकेको सिपको निरन्तर प्रयोग गर्न आग्रह गर्नुभयो । आत्मा विश्वासका साथ सिकेको सिपलाई निरन्तरा दिए सफलता प्राप्त हुने उहाँले बताउनुभयो ।
तालिम पश्चात सहभागिहरुलाई ८० प्रतिशत अनुदानमा २ वडा गलैंचा बनाउने मेसिन समेत उपलब्ध गराइएको थियो ।