जापानी राजदूतावासको समारोहमा उपराष्ट्रपति पुन • OSNepal

जापानी राजदूतावासको समारोहमा उपराष्ट्रपति पुन • OSNepal

समाचार

Sharing is caring!

काठमाडौँ-उपराष्ट्रपति नन्दबहादुर पुन जापानका सम्राट नारुहित्तोको शुभ जन्मोत्सवका अवसरमा नेपालका लागि जापानी राजदूत किकुता युताकाले आज यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा उपस्थित हुनुभयो ।

सो समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिगण, सांसद, नेपाल सरकारका विशिष्ट पदाधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।

सो समारोहमा राजदूत किकुताले जापान र नेपालबीच लामो समयदेखि घनिष्ट एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै नेपालका विभिन्न क्षेत्रमा जापान सरकारले सहयोग पु¥याउँदै आएको र आगामी दिनमा सहयोग आदानप्रदान निरन्तर रहने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *