सिन्धुलीमा बिवाहका लागी वडा बाट सिफारिस लिनुपर्ने ::

सिन्धुलीमा बिवाहका लागी वडा बाट सिफारिस लिनुपर्ने ::

समाचार

Sharing is caring!

सिन्धुली– गोलन्जोर गाउँपालिकाले बाल विवाह न्यूनिकरणका लागी विवाह गर्नुपुर्व वडा कार्यालयबाट उमेर प्रमाणित अर्थात विवाह गर्ने उमेर पुगेको योग्यताको प्रमाणपत्र पेश गरि सिफारिस लिनुपर्ने ब्यवस्थाको सुरुवात गरेको छ ।

गाउँपालिका अध्यक्ष शंकरराज बरालको अध्यक्षतामा बसेको बैठकले बालविवाह न्यूनिकरणका लागी विवाह पुर्व वडा कार्यालयबाट योग्यताको सिफारिस लिनुपर्ने निर्णय गरेको गाउँपालिकाका प्रबक्ता रेगनराज थापाले जानकारी दिनुभयो ।

प्रबक्ता थापाले भन्नुभयो, “ वालविवाह बढ्दै गएको तथ्यलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो, उमेर नपुगी विवाह गर्ने जोडिलाई गाउँपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधाबाट समेत बञ्चीत गर्ने निर्णय भएको छ ।” उक्त निर्णयले गाउँपालिका भरी बालविवाहमा न्यूनिकरण मात्र हैन नियन्त्रण नै हुने थापाले विश्वास ब्यक्त गर्नुभयो ।

कानुनमा ‘बिहेवारी बीसवर्ष पारी’ भन्ने गरिए पनि व्यवहारमा भने यो पुर्णरुपमा कार्यान्वयन हुन सकेको अवस्था छैन । उमेर नपुग्दै विवाह गर्ने प्रचलन सिन्धुलीका ग्रामीण क्षेत्रमा अझै कायमै छ । स्थानीय तहले बालविवाह न्यूनीकरणका प्रयास अघि सारेकै छन् तर उनीहरुको यो सक्रियताले बालविवाह हट्न भने सकेको छैन ।

बालविवाह न्यूनीकरणका लागि स्थानीय सरकारले बालबालिका, अभिभावकबीच प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम, सडक नाटक प्रदर्शन, बालक्लबको गठन र उनीहरुलाई तालिम, बालमैत्री शासन आदि कार्यक्रम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *