महिला कर्मचारीमाथि अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि कृषि विश्वविद्यालयका डिन दत्त निलम्बित • OSNepal

महिला कर्मचारीमाथि अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि कृषि विश्वविद्यालयका डिन दत्त निलम्बित • OSNepal

समाचार

Sharing is caring!

चितवन – कृषि संकायका डिन प्रा. जयप्रकाश दत्त निलम्बित भएका छन् । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि संकायका डिन प्रा। जयप्रकाश दत्तलाई महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि निलम्बित गरिएको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाए अनुसार सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य छानबिनका लागि समिति पनि गठन गरिएको र निलम्बित पनि गरिएको हो ।

विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले नविन समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुञ्जेलसम्मका लागि दत्त निलम्बनमा रहने बताए ।कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी भएको बैठकमा डीन दत्तले अडियो म्यूट गरेका थिए भने, उनको भिडियो अन नै थियो ।

४ बर्षे पहिलो कार्यकाल पूरा गरेर अहिले थप ४ बर्षे दोस्रो कार्यकालका लागि २०७७ कात्तिकमा दत्त डिन नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *