महाशिवरात्रि नजिकिएसँगै सिँगारिँदै पशुपति क्षेत्र • OSNepal

पशुपतिनाथको ढोकैबाट दानपात्र चोरिएको घटनामा छानबिन समितिले गर्‍यो यस्तो शङ्का • OSNepal

समाचार

Sharing is caring!

बीबीसी -पशुपतिनाथ मन्दिरको ढोकैमा राखिएको एउटा दानपात्र हराएको र हल्लाखल्ला भएपछि पुनस् यथास्थानमा फर्काइएको घटनाले त्यहाँ दानदातव्यको समेत ूअपचलन भइरहेको हुनसक्नेू सङ्केत गरेको उक्त घटना छानबिन समितिका संयोजकले बताएका छन्।
यद्यपि उक्त घटनाको छानबिन गरेर प्रतिवेदन बुझाइसकिएको भए पनि थप कारबाही प्रक्रिया सुरु भइनसकेको तथा प्रतिवेदन सार्वजनिक पनि नभएकाले त्यसबारे विस्तृतमा नखुलाउने उनको भनाइ छ।

पशुपतिनाथ मन्दिरको पश्चिमी द्वारमा राखिएको दानपात्र गत माघ १४ गते हराएको र केही घण्टापछि पुनस् यथास्थानमै फेला परेको थियो।उक्त घटनाको छानबिन गरी सुझाव सहितको प्रतिवेदन पेस गर्न पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद् सदस्य देवीप्रसाद बरालको संयोजकत्वमा कोषले एउटा सात सदस्यीय समिति बनाएको थियो।

उक्त समितिले छानबिन सम्पन्न गरेर प्रतिवेदन बुझाइसकेको भए पनि त्यसको कार्यान्वयन कहिले हुन्छ वा दोषी रहेको शङ्का गरिएकामाथि थप छानबिन हुन्छ कि हुँदैन भन्नेबारे कोषले केही बताएको छैन।कोषको अध्यक्ष रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किरातीसहित कोषका सदस्यसचिव मिलन थापासँग प्रतिवेदनका सुझाव कार्यान्वयनबारे प्रश्न गर्न गरिएको दुई दिनसम्मको प्रयास सफल हुन सकेन।कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले भने ूप्रतिवेदनबारे आफूलाई केही थाहा नभएको र त्यसबारे आफूले बोल्न पनि नमिल्नेू बीबीसीलाई बताए।

घटना विवरण
पशुपति क्षेत्र विकास कोषका अधिकारीहरूका अनुसार मन्दिरका चारवटै ढोका अगाडि तामाका घ्याम्पालाई दानपात्रका रूपमा राखिएका छन्। ती घ्याम्पाहरूमा माथि बिर्को लगाइएको छ र ती बिर्काहरूमा चाबी लगाउने गरिन्छ। घ्याम्पाको सबैभन्दा माथिको भागमा खुत्रुकेमा पैसा खसाउने जस्तै प्वाल बनाइएका छन् र दैनिक भक्तजनहरूले ती प्वालबाट नेपाली र विदेशी मुद्रा, गरगहना तथा सुनचाँदीजस्ता बहुमूल्य धातुसमेत दानपात्रमा खसाउने गर्छन्।

त्यसरी जम्मा भएका नगद तथा बहुमूल्य धातु रहेका चारवटै घ्याम्पालाई हरेक दिन दिउसो मध्याह्नतिर जिम्मेवार कर्मचारीको रोहबरमा खोलेर त्यसलाई कोषमा दाखिला गर्ने चलन रहेको छ।तर गत माघ १४ गते पश्चिमतर्फको ढोकानेर रहेको त्यस्तो एउटा घ्याम्पो हराएको विवरण कर्मचारीहरूले कोषका सदस्यसचिव मिलन थापालाई दिए।

कर्मचारीहरूले दानपेटीका जम्मा गरेर नगद र बहुमूल्य वस्तु दाखिला गर्ने नियमित प्रक्रिया अघि बढाउने क्रममा एउटा घ्याम्पो हराएको थाहा भएको जानकारी सदस्यसचिवलाई गराएको अधिकारीहरू बताउँछन्।त्यसपछि पशुपति क्षेत्रको सुरक्षार्थ खटिएका प्रहरी अधिकारीहरूले घ्याम्पो चोरी भएको मुचुल्का समेत उठाएका थिए।

तर त्यसको केही घण्टापछि यथास्थानमै घ्याम्पो फेला परेको थियो।उक्त घटनापछि कोषले त्यसको भोलिपल्ट नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत सदस्य रहेको एउटा छानबिन समिति बनायो।उक्त समितिले विभिन्न तथ्यहरू भेला पारी तयार पारेको प्रतिवेदन बुझाइसकेको त्यसका संयोजक बरालले बीबीसीलाई बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *