आत्मनिर्भरलाई जोड दिऔँ ::

आत्मनिर्भरलाई जोड दिऔँ ::

समाचार

Sharing is caring!

सिन्धुलीमा कृषि व्यवसायको प्रचुर संभावना छ । जिल्लाका नौवटै स्थानिय तहमा मलिलो भुमि र खेतीयोग्य हावापानी भएको हुनाले प्रशस्त मुनाफा गर्ने प्रकारका अन्नबाली लगाउन सकिन्छ । धान, मकै, गहु, केरा लगायत तरकारी खेती यहाँ फस्टाउन सक्छ । जिल्लामा कृषि व्यवसायमा ठूलो जनसंख्या निर्भर छ । तर, कृषि उत्पादनले बजार नपाउँदा कृषकहरु मारमा पर्ने गरेका छन् । स्थानिय स्तरमा उत्पादन भएपनि बजारको अभाव र व्यवस्थापनमा देखिएको कमजोरीका कारण उत्पादन खेर गइरहेको अवस्था छ । तराईका जिल्लाबाट अहिले पनि ठूलो मात्रामा तरकारी लगायत खाद्यान्न आयात गरिन्छ । जिल्लामा उत्पादित वस्तु खेर गइरहेको अवस्थामा अन्य जिल्लाबाट तरकारी लगायतका सामाग्री आयात गर्नुपर्ने बाध्यता दुर्भाग्य हो ।

तसर्थ, जिल्लाका स्थानिय तहले स्थानिय उत्पादनलाई प्राथमिकतामा राखेर बजार व्यवस्थापनलाई जोड दिन आवश्यक छ । यातायात पहुँचको अभावले गर्दा पनि ठूलो मात्रामा कृषिजन्य उत्पादन खेर गइरहेको हुदाँ स्थानिय तहले कृषकलाई सहजीकरण गर्न जरुरी छ । जिल्लामा उत्पादित वस्तुलाई खेर जान नदिन स्थानिय तहले विशेष कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । अतः स्थानिय उत्पादनलाई प्रोत्साहन गर्दै स्थानिय तहले आत्मनिर्भरतालाई जोड दिन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *