कोरोनाबाट विश्वका ६४ हजार बढी मानिसको मृत्यु, संक्रमितको संख्या १२ लाख नाघ्यो

कोरोनाबाट विश्वका ६४ हजार बढी मानिसको मृत्यु, संक्रमितको संख्या १२ लाख नाघ्यो

समाचार

Sharing is caring!

काठमाडौं। प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट हालसम्म विश्वका साढे ६४ हजार भन्दा बढी मानिसको ज्यान लिइसकेको छ । यसबाट संक्रमित हुनेको संख्या पनि १२ लाख नाघेको छ ।

चीनको वुहानपछि कोरोनाको दोस्रो केन्द्र देखिएको अमेरिकामा सबैभन्दा बढी कोरोनाका संक्रमित छन् । त्यहाँ संक्रमित हुनेको संख्या तीन लाख ११ हजार नाघेको छ । अमेरिकामा ८ हजार ४ सयभन्दा बढीको कोरोनाबाट ज्यान गइसकेको छ ।

१२ लाखभन्दा बढी कोरोनाबाट संक्रमित भएकामा दुई लाख ४६ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४२ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १५ हजार तीन सयभन्दा छन् भने स्पेनमा ११ हजार ९ सय नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या एक लाख २६ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या एक लाख २४ हजार ६ सय नाघेको छ ।

फ्रान्समा मृतकको संख्या ७५ सय नाघेको छ । बेलायतमा ४३ सय नाघेको छ । इरानमा मृतकको संख्या ३४ सय नाघ्दा चीनमा यो संख्या ३३ सय २९ छ । भारतमा ९९ जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण ‘धेरैको ज्यान जाने’ ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणबाट धेरै अमेरिकीको ज्यान जान सक्ने चेतावनी दिएका छन् ।

शनिबार अमेरिकामा भाइरस संक्रमित संख्या ३ लाख नाघेपछि उनले यस्तो चेतावनी दिएको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । ‘दुर्भाग्यवश धेरैको ज्यान जान सक्छ’, राष्ट्रपति ट्रम्पले भने, ‘सायद यो साता र आउँदो साताका बीचका दिन सबभन्दा जटिल हुनेछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *