सिन्धुली – आगामी चैत्र १६ गते हुने माध्यमिक शिक्षा परिक्षा एसइइमा सिन्धुलीबाट पाँच हजार भन्दा बढी विद्यार्थी सहभागि हुने भएका छन् । यो बर्ष जिल्लाभरी बाट ५ हजार २ सय ४१ जना एसइइ परिक्षामा सामेल हुने भएका हुन् । नियमित तर्फ ५ हजार २३ जना, नियमित प्राबिधिक तर्फबाट १ सय ७७ र ग्रेडबृद्धि तर्फबाट ४१ जना गरी ५ हजार २ सय ४१ जना सामेल हुने भएका छन् । अघिल्लो बर्ष २०७८ को एसइईमा ५ हजार ७ सय ८७ जना बिद्यार्थी सहभागी भएका थिए ।
कमलामाई नगरपालिकाबाट ९ सय ४५ जना सामुदायिक बिद्यालयबाट र ३ सय ८० जना बिद्यार्थी निजि विद्यालयतर्फ गरी १ हजार ३ सय २५ जना बिद्यार्थी सामेल हुने छन् । दुधौली नगरपालिकामा सामुदायिक बिद्यालय तर्फबाट १ हजार २० जना र निजि बिद्यालय तर्फबाट ८२ जना गरी एक हजार १ सय २ जना जना सहभागि हुने छन् ।
मरिण गाउँपालिकाको सामुदायिक बिद्यालय तर्फबाट ३ सय ८२ जना र निजि बिद्यालय तर्फबाट ८ जना गरी ३ सय ९० जना बिद्यार्थी एसइईमा सामेल हुने जनाइएको छ । घ्याङलेख गाउँपालिकाबाट सामुदायिक बिद्यालय तर्फबाट २ सय ३२ बिद्यार्थी सहभागी हुने छन् ।
यस्तै, गोलन्जोर गाउँपालिकाबाट सामुदायिक बिद्यालय तर्फबाट ३ सय ४० र निजि बिद्यालय तर्फबाट ११ गरी ३ सय ५१ जना बिद्यार्थी सहभागी हुने छन् । फिक्कल गाउँपालिका बाट सामुदायिक बिद्यालयबाट ३ सय ३६ जना र हरिहरपुरगढि गाउँपालिकाबाट सामुदायिक बिद्यालय तर्फबाट ३ सय ९ जना बिद्यार्थी सहभागी हुने छन् । तिनपाटन गाउँपालिकाबाट ६ सय ७७ जना बिद्यार्थी सहभागी हुने भएका छन् जसमा ६ सय ६७ जना सामुदायिक बिद्यालय बाट र १० जना निजि बिद्यालय तर्फबाट सहभागि हुने छन् ।
सुनकोशी गाउँपालिकाबाट सासुदायिक बिद्यालय तर्फबाट ३ सय ७० जना र निजि बिद्यालयबाट १२ जना गरी ३ सय ८२ जना बिद्यार्थी सहभागी हुने छन् । चैत्र १७ गते बाट सुरु हुने माध्यमिक परिक्षा एसइईको लागि जिल्लाभर २६ वटा परिक्षा केन्द्र तोकिएको छ भने १ सय २६ वटा सामुदायिक बिद्यालय र २३ वटा सँस्थागत बिद्यालय गरि १ सय ४९ वटा बिद्यालय सामेल हुने छ ।
एसइइ परिक्षाको तयारी लगभग अन्तिम अबस्थामा पुगेको छ । सम्पुर्ण बिद्यालयलाई प्रबेश पत्र पठाइएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।