भ्रष्टाचार भएको छैन, स्वास्थ्यमन्त्रीको चरित्र हत्या गरियो प्रधानमन्त्री ओली

भ्रष्टाचार भएको छैन, स्वास्थ्यमन्त्रीको चरित्र हत्या गरियो: प्रधानमन्त्री ओली

समाचार

Sharing is caring!

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनावस्यक रूपमा स्वास्थ्यमन्त्रीलाई विवादमा ल्याउन खोजिएको बताएका छन् ।

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्य सामाग्री खरिदमा कुनैपनि भ्रष्टाचार नभएको र आफूलाई सबै अवगत भएको समेत बताएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले उक्त खरिद प्रक्रियाबारे आफू जानकार रहेको र खरिदमा कुनै भ्रष्टाचार नभएको निश्कर्ष नै बैठकमा सुनाएका थिए ।

ओलीले संकटको बेला केहि तत्वले भानुभक्त ढकाललाई अनावश्यक विवादमा ल्याउन खोजेका र यसबाट विचलित नुना आग्रह गरेको स्रोतको दाबी छ ।

गत साता चीनबाट स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग सम्झौता गरी पहिलो चरण सामग्री ल्याएको थियो ।

स्वास्थ्य सामाग्री गुणस्तरहिन र धेरै गुणा महँगो ल्याएपछि सरकारको कदमको चौतर्फी आलोचना र विरोध भएको थियो ।

त्यसपछि विभागले सामग्री ल्याउने भनेर सम्झौता गरेको कम्पनीको पाँच करोड धरौटीसमेत जफत हुनेगरि सम्झौता रद्द गरेको थियो ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि उच्च सतर्कता अपनाएर काम गरेको र सरकार सही बाटोमा रहेको पनि प्रधानमन्त्री ओलीले बैठकमा विश्वास दिलाएको पनि स्रोतको दाबी छ ।

उनले जनस्वास्थ्यको विषयमा गम्भिर भएर आ आफ्नो जिम्मेवारीमा खरो उत्रिन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । सरकारले कोरोना रोकथामको लागि यही चैत्र २५ गतेसम्म लकडाउन लगाएको छ ।

स्रोतका अनुसार शनिबारकै बैठकमा लकडाउन बढाउनेबारे छलफल भएको तर पहिलेकै अवधि नसकिएकाले यसलाई बाहिर नल्याउन सर्कुलर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *