सिन्धुली – नेपाल शिक्षक संघ सिन्धुलीको अध्यक्षमा दोश्रो कार्यकालको लागि पुनः अरुणकुमार थिङ्ग चयन हुनुभएको छ । संघको नवौं अधिवेशन अन्तर्गतको शनिबारको भेलाले थिङ्गलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
संघको सम्पूर्ण कार्यसमिति नै सर्वसम्मत गरिएको छ । सहमतिको लागि ३ सदस्यीय कार्यदल निर्माण गरिएको थियो । उपाध्यक्ष गणेशप्रसाद पहाडी र मेनुका गौतम चयन हुनुभएको छ । यस्तै सचिव सागरप्रसाद बराल, सचिव अर्थ प्रतापकुमार कार्की, सहसचिव सागरप्रसाद बराल, सहसचिव अर्थ हिरादेवी खड्का, सहसचिव महिला सुधाकुमारी सुनुवार, सहसचिव समावेशी अविन्द्रकुमार थिङ, सहसचिव समावेशी रामपदार्थ यादव सहित सात सदस्य चयन गरिएको छ । साथै संघिय महाधिवेशन प्रतिनिधिहरु र प्रदेश अधिवेशन प्रतिनिधिहरुको समेत चयन भएका छन् ।