कोरोनाले बिस्तारै गाँज्दै, भारतमा ९९ को मृत्यु, नेपालमा ९ संक्रमित

कोरोनाले बिस्तारै गाँज्दै, भारतमा ९९ को मृत्यु, नेपालमा ९ संक्रमित

समाचार

Sharing is caring!

विश्वभरी महामारी फैलाएको कोभिड–१९ कोरोना भाइरसले नेपालमा पनि विस्तारै गाँज्दै गइरहेको छ ।
हिजो शनिबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर नेपालमा दोस्रो चरणको कोरोना संक्रमण भएको जानकारी गराइसकेको छ । नेपालमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिबाट कोरोना सरेको छ । यस अघिका सबै संक्रमितहरु विदेशबाट आएका थिए भने पहिलो पटक स्वदेशमै भएका नागरिकलाई कोरोनाको संक्रमण भएको छ । यससँगै सरकारले उच्च सतर्कता अपनाउने भन्दै एक पालिकाबाट अर्काे पालिकामा जान रोक लगाइएको नेपाल सरकारका प्रबत्ता एवं अर्थ, सूचना तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिइसक्नु भएको छ ।

यस्तो अवस्थामा पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । अहिले भारतमा ३५८८ जना संक्रमित भइसकेका छन् । नेपालमा अहिले कोरोना संक्रमितको संख्या ९ पुगेको छ । जसमा एकजना निको भएर घर फर्किसकेका छन् भने अन्य ८ जना अस्पतालमा नै छन् । ती मध्ये २ जना भारतबाट आएका हुन् भने एक जनालाई भारतबाटै आएकाले कोरोना सारेका हुन् । यस्तै पाकिस्तानमा ४१, बंगलादेशमा ८, अफगानिस्तानमा ७, श्रीलंकामा ५ जनाको मृत्यु भइसकेको छ । चीनमा भने कोरोना लगभग नियन्त्रणमा आएको छ । अहिले चिनमा ८१ हजार ६३९ संक्रमित मध्ये ७६ हजार ७५५ जना निको भइसकेका छन् । अब १५५८ जना मात्रै कोरोना संक्रमित चिनमा रहेको जानकारी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *