टोकियोमा आज पनि १४३ नयाँ संक्रमितहरु थपिए [अपडेट]

टोकियोमा आज पनि १४३ नयाँ संक्रमितहरु थपिए [अपडेट]

समाचार

Sharing is caring!

टोकियो- विश्वभर माहामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण जापानका विभिन्न स्थानहरुमा संक्रमितहरु देखिने क्रम बढेको छ । आइतबार मात्र टोकियोमा संक्रमण पुष्टि हुनेको संख्या १४३ जना छ ।

आइतबार १४३ व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको एनएनके अनलाइनले आफ्नो समाचारमा उल्लेख गरेको छ । प्रारम्भिक तथ्यांकमा १३० भनिएकोमा हाल १३ जना थपिएर सो संख्या १४३ जना पुगेको छ । यो एकै दिनमा देखिएका संक्रमितहरुमध्ये सबैभन्दा धेरै संख्या हो । हिजो मात्र टोकियोमा ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

आइतबार १४३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसंगै टोकियोमा संक्रमितहरुको संख्याले १ हजार नाघेको छ । संक्रमितहरुको संख्या निरन्तर बढ्दै जाँदा टोकियो गभर्नर युरिको कोइकेले भिडभाडमा नजान, सप्ताहअन्तमा बाहिर ननिस्कन, रात्रीकालिन मनोरन्जनमा रहभागी नहुन बारम्बार अनुरोध गर्दै आएकी छन् । आइतबार नै उनले एनएचकेको विहानी कार्यक्रम ‘सन्डे डिस्कसन’मा बोल्दै टोकियोबासीको सुरक्षाका लागि नयाँ नीति अवलम्बन गर्न लागिरहेको बताएकी थिइन ।

संक्रमितहरुको संख्या बढ्दै जाँदा यहाँ बसोबास गर्ने नेपालीहरुले पनि विशेष ध्यान दिन जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *