कैलालिका कोरोना संक्रमित श्रीमती सहित ७ जनाको रिपोर्ट यस्तो आयो

कैलालिका कोरोना संक्रमित श्रीमती सहित ७ जनाको रिपोर्ट यस्तो आयो

समाचार

Sharing is caring!

काठमाडौं : सुदुरपस्चिमको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार गराईरहेका धनगढी उपमहानगरपालिका– ५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका श्रीमती सहित ७ जनाको रिपोर्ट नेगिटिभ आएको छ ।

परिवारका ८ जना सदस्यको थ्रोट स्वाव संकलन गरिएकोमा उनकी ३४ वर्षीया भाउजुको रिपोर्ट पोजिटिभ आएको छ भने अन्य सात जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा। जगदिश जोशीले बताउनुभयो ।

संक्रमितकी श्रीमती, चार वर्षीया छोरीको रिपोर्ट पनि नेगेटिभ आएको छ । उहाँका बुवा,आमा, दाजु र भतिजीको रिपोर्ट पनि नेगेटिभ आएको डा। जोशीले बताउनुभयो । यस्तै परीक्षणका लागि काठमाण्डौं पठाइएको उनका छिमेकी तथा नजिकका दुई जना नातेदारको थ्रोट स्वावको नमूनाको रिपोर्ट भने आएको छैन । उनी दुबईबाट ७ गते नेपाल आएका थिए ।

दिल्लीबाट काठमाण्डौं आउँदा उनी चढेको जहाजमा १०८ जना नेपाली थिए । जसमध्ये धनगढीकै एक जना अर्का युवक पनि त्यसमा सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *