कोरोना भाइरस शव नउठेपछि पूरा शहर नै दुर्घन्दित

कोरोना भाइरस: शव नउठेपछि पूरा शहर नै दुर्घन्दित

समाचार

Sharing is caring!

कोरोना भाइरसको संक्रमणले मृत्यु भएकाको शव नउठेपछि इक्वेडरको शहरको सडक नै गन्हाउन थालेको छ । त्यहाँको गुयाकिल शहरमा केही शवहरु केही दिनयता सडकको छेउ छाडिएका छन् ।

कफिनमा प्लाष्टिकले छोपेर राखिएको शव राख्ने ठाउँ नभएपछि सडकको छेउमा छाडिएको हो । अस्पतालको शव गृह देखि बाहिर सम्म ठाउँ नभएको र शव गाँड्ने स्थान पनि बन्द भएकाले सडकमै छाडिएको छ ।

इक्वेटरको गुयाकिलमा कति मानिस संक्रमणबाट मृत्यु भइसकेको छ भन्ने पनि स्पष्ट भएको छैन । त्यहाँ भाइरसको भयावह अवस्था देखिएको छ । मानिसहरुले शवको व्यवस्था गर्न बारम्बार नगरपालिकाका अधिकारीलाई भनेका छन् । तर, शवको छेउतिर पंखा राखेर छाडिएको छ । स्थानीयले गन्ध डरलाग्दो भइसकेको भनिरहेका छन् ।

इक्वेडरमा घर घरमा मानिस मरिरहेको खबर आएको छ । घरहरुबाट लास निकालिएको छ । तर, लास व्यवस्थापन गर्ने मानिस पनि भेटिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *