कोहोलपुरमा विपन्न वर्गलाई आएको राहत वडाका अध्यक्षले ४८ बोरा चामल लुकाएपछि स्थानीयले घर घेरे ,

कोहोलपुरमा विपन्न वर्गलाई आएको राहत वडाका अध्यक्षले ४८ बोरा चामल लुकाएपछि स्थानीयले घर घेरे ,

समाचार

Sharing is caring!

चैत २२ ,काठमान्डौ – लकडाउनको बेला विपन्न मजदुरलाई वितरण गर्ने खाद्यान्नमा वडाका जनप्रतिनिधि सदस्यले कुम्ल्याएका छन् ।

कोहलपुर नगरपालिका वडा नं १४ का जन प्रतिनिधीहरुले के एल दुगड ग्रुपले दिएको राहतमा नामोमानी गरेका हुन् ।

दुगड ग्रुपले १ सय ५० बोरी चामल कोहलपुरको १४ न। वडाका विपन्न वर्गलाई खाद्यान्न सहयोग गरेको थियो । वडा न १४ कावडा अध्यक्ष टेक चन हरिजनले शुक्रबार वडाका विपन्न वर्गलाई १ सय २ बोरा खाद्यन वितरण गरे।

बाँकी ४८ बोरा खाद्यान भने अध्यक्ष टेक चन र वडा सदस्य रुक्मीणा शर्माले लगेका छन् । ४८ बोरा चामल मध्ये ३२ बोरा वडा अध्यक्ष टेकचन हरिजनले र १६ बोरा आफुले घर लगेको सदस्य रुक्मीणा शर्माले स्विकारिन ।

आफ्नो टोल छिमेकमा बितरण गर्नका लागि अध्यक्ष र सदस्यले राम माविको भवनमा राखेको चामल लागेका हुन् ।

नागरिक देखि वडाका अन्य जनप्रतिनिधि देखिले प्रश्न उठाएपछि आफुले नागरिकलाई राहत बाँडेको बताउने अध्यक्षले राहतको लिस्ट दिन सकेनन र पछि हटेको समेत पाईएको छ ।

जवाफ दिननसक्दा स्थानीयले रुकमणिको घर समेत घेराउ गरि घर भित्र राखेको चामल निकालेर वडा कार्यालयमा लागेको स्थानीय भगवती अधिकारीले जानकारी दिईन ।

स्थानिय अध्यक्ष र सदस्य मिलेर संकटककोबेला मजदुर विपन्न वर्गलाई दिने राहत आफै कुम्ल्याउनु गलत भएको अर्का वडा सदस्य मन प्रसाद गुरुङले बताए ।

संकटको बेलामा मजदुर नागरिकलाई आएको राहत वडा अध्यक्षले नै घरमा लानु गलत भएको वडा सदस्य शान्ति सुनारको भनाई छ ।

राहत वितरणमा अध्यक्षकै भान्जा बर्मा हरिजनलाई अध्यक्षले राखेको र उनले मनपरी गरि शुक्रबार राहत वितरण गरेको कति जनालाई भन्ने नाम लिस्ट समेत नरहेको बताईन ।

नगरपालिकाले दिने ३ सय ८३ थान राहात समाग्रि पनि आउन बाँकी रहेको समयमा वास्तवीक बिपन्न लाई बितरण गर्न आफुले सुझाए पनि वडा अध्यक्ष आफ्ना नजिकका मान्छे लाई काखि च्याप्दा समस्या उत्पन्न भएको सुनारले बताईन ।

धेरै मात्रमा निजि क्षेत्रबाट आएको राहत वितरण भएपनि वडा कार्यालयले बिना भरपाई राहत वितरण समेत गरेको पाईएको छ ।

वडा कार्यालयले ठुलो मात्रामा राहत वितरण गरेपनि हाल सम्म कोहलपुर १४ का चिडिमार समुदायले समेत राहात नपाएको गुनासो गरेका छन् ।

स्थानीय गया चिडिमार राहत वितरण स्थलमा ३ पटक सम्म पुगेको र आफुलाई भोट नदिएको भन्दै वडा अध्यक्षले फर्काईदिएको बताए ।

तेस्तै कोहोलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कोहोलपुर नगरपालिकाले एक तर्फा राहत सहयोग लिने र राहत वितरण गर्दा नीति नबनाई वितरण गरिनु गलत भएको बताए ।

वडाका कुनै पनि विपन्न नागरिकलाई हेपाहा परविर्ति नगरी राहत वितरण गर्न भनेपनि वडा न १४ मा ठिक उल्टो भएको रावतले जानकारी दिए ।

कोहलपुर नगर क्षेत्रमा विपन्न वर्गको पहिचान भईसकेको छ उनीहरुको नामलिस्ट पनि तयार रहेको छ। छुटेका हरुको हामि नाम राख्छौ,बुज्छौ।

कोहोलपुर नगरपालिकाका १४ ओटा वडाका ४३ सम नागरिकलाई शनिबारबाटनै पक्ष विपक्ष नगरी राहत वितरण गरिने रावतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *