यसकारण कोरोनाबाट नेपाली ९८ प्रतिशत सुरक्षित

यसकारण कोरोनाबाट नेपाली ९८ प्रतिशत सुरक्षित

समाचार

Sharing is caring!

विराटनगर, २३ चैत । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि ९ जनामा देखा परिसकेको छ । यीमध्ये १ जना निको भइसकेको र ८ जनाको स्वास्थ्य सामान्य नै रहेको छ ।

नेपालमा हालसम्म कसैको कोरोनाका कारण मृत्यु भएको छैन । कोरोनाबाट नेपाल ९८ प्रतिशत सुरक्षित भएको जनस्वास्थ्य विशेषज्ञ डा. रवीन्द्र पाण्डेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा जनाएका छन् ।

उनले केही कारणहरू खुलाउँदै कोरोनाबाट नेपाल ९८ प्रतिशत सुरक्षित भएको जनाएका छन् । यस्ता छन् कारणहरूः

चीनले सयभन्दा बढी व्यक्तिहरूमा कोरोना संक्रमणविरुद्धको खोप लगाएको र परिणाम हेरेर तुरुन्तै अर्बौंको संख्यामा खोप वितरण गर्ने छ ।

अमेरिका, सिंगापुर, इजरायल, नेदरल्याण्ड, क्यानाडा, जापानलगायतका देशहरूले समेत खोपमा सफलता पाउँदैछन् भने कोरोना संक्रमण निको गर्ने एन्टीभाइरल औषधि विभिन्न देशमा परीक्षण भइरहेको छ ।

आजसम्म भएका अनुसन्धानले कोरोना संक्रमण ३ हप्तापछि द्रुत गतिमा ओर्लिने देखाएको छ ।

जापानी इन्फ्लुएन्जा, सार्स, मर्स, स्वाइन फ्लु, मलेरिया, बाथ, नाम्ले जुकामा प्रयोग हुने औषधि औषधिहरूले कोरोना संक्रमणमा सोचेभन्दा राम्रो काम गरेका छन् ।

नेपालमा विभिन्न अस्पतालमा आईसीयू, भेन्टिलेटर, आइसोलेसन वार्ड तथा परीक्षणको निरन्तर वृद्धि भइरहेको छ ।

नेपालमा जनचेतना, इम्युनिटी पावर, सामाजिक दूरी र लकडाउन आदिले गर्दा अत्यन्तै न्यून संख्यामा संक्रमण पुष्टि भएको छ, कारणवश रोग फैलिएमा चीन, भारत लगायतका अन्य देशहरू सहयोग गर्न तयार छन् ।

कोरोना संक्रमणबाट बालबालिका तथा युवा वर्ग सुरक्षित भएको हुँदा बच्चाका लागि आमाबुवाहरूले डर मान्नुपर्दैन ।

नेपालमा १००० जना व्यक्ति संक्रमित भएपनि मृतकको संख्या २० मात्र हुनेछ, त्यो मृत्यु पनि अन्य विभिन्न रोगका कारण मृत्युउन्मुख व्यक्तिको मात्र हुने हुँदा स्वस्थ वा औषधि खाएर स्वस्थ व्यक्तिले डर मान्नुपर्दैन ।

नेपाल बाहिर रहेका नेपालीले डर मान्नुपर्दैन, विकसित देशमा उपचारको गुणस्तर निकै उच्च र मृत्युदर अत्यन्तै न्यून छ ।

७१ वर्षका बेलायती राजकुमार चार्ल्स कोरोना संक्रमण भएपछि आयुर्वेदिक उपचार गरेपछि निको भइका छन् । उमेर बढी हुँदैमा निको नहुने होइन साथै आयुर्वेद होमियोप्याथी उपचार पनि कोरोना संक्रमणमा निकै उपयोगी देखिएको छ ।

भारतमा दीर्घ रोगको औषधि खाइरहेका ९३ वर्षीय पुरुष र उनको ८८ वर्षकी श्रीमती कोरोना संक्रमणबाट निको भएर घर फर्किएको बिबिसीमा उल्लेख गरिएको छ ।

इटालीलगायतका देशको स्तर भयावह छैन, जसरी नेपालमा भूकम्प आउँदा विदेशतिर नेपाल सकियो भन्ने खालको हल्ला चलेको थियो । मृत्यु धेरैको भएको भएपनि कस्तो जनसंख्याको मृत्यु भएको भन्ने कुरा बुझ्नु जरुरी छ ।

हल्लाको पछि लागेर आत्तिनेभन्दा पनि सतर्क रहेर रोगको रोकथाम गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *