जब डाक्टर नै एम्बुलेन्स चलाएर गए कोरोना संक्रमितलाई लिन

जब डाक्टर नै एम्बुलेन्स चलाएर गए कोरोना संक्रमितलाई लिन

समाचार

Sharing is caring!

मन्त्रालयले दिउसो साढे ४ बजे नै पत्रकार सम्मेलनमार्फत नेपालकी छैठौं कोरोना भाइरस (कोभिड १९) संक्रिमित ६५ बर्षिया महिलालाई सार्वजानिक गरेको थियो । चैत ४ मा बेल्जियबाट आएकी बागलुङ- ३ की ६५ वर्षीया वृद्धालाई विहिवार राती अवेर मात्रै अस्पतालमा भर्ना गरिएको हो । कोरोनाको लक्षण नदेखिएको भन्दै उनी घरमै बस्दै आएकी थिइन् ।

मन्त्रालयले रिपोर्ट सार्वजानिक गरेपछि उनलाई घरबाट अस्पताल लैजान त्यति सहज भएन । उनलाई लिन नेपाल रेडक्रस सोसाइटी बागलुङका एम्बुलेन्स चालक जान नमानेपछि स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले आफ्नै चालक रुद्र पराजुलीलाई लिएर विरामी लिन राती १० बजे उनको घरमा पुगेका थिए ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम जिल्ला कमाण्ड पोष्टको नेतृत्व गरेका प्रमुख जिल्ला अधिकारी गौलचन शैंजु र सोही कमाण्डका सदस्य रहेका जिल्ला प्रहरी प्रमुख एसएसपी नवराज भट्टको वेवस्ताका कारण राती १० बजेमात्रै ती महिलालाई लिन गइएको हो । लामो मेहनत र कसरत गर्दा पनि कमाण्ड सम्हालेका ब्यक्ति नै पन्छिएपछि स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौ अग्रसर भए ।

उनले आफ्नै सवारी चालक रुद्र पराजुलीलाई लिएर वृद्धालाई अस्पताल पुराए । वृद्धा लिन दुवैले अञ्चल अस्पतालको पिपिई लगाएर गएका थिए । बागलुङका पहिलो संक्रमित कुँडुलेकी युवतीलाई अस्पताल लिदाँ चिकित्सकलाई धम्काउन अस्पताल नै पुगेको प्रजिअ शैंजु दोस्रो संक्रमित लिनबाट उम्किन खोजे । रेडक्रसको एम्वुलेन्स अस्पतालको परिसरमा पुराएर चालकलाई भगाएका प्रजिअले राती १० बजेसम्म सवैलाई अल्मलाए । विहिवार राती ९ बजे ढोरपाटनको टीम अस्पताल पुग्दा एम्वुलेन्स पार्किङमा थियो तर चालक थिएनन् ।

हजुरले पठाएको एम्वुलेन्सको चालक त गाडीमा छैनन् नि भन्ने ढोरपाटनको प्रश्नमा प्रजिअ शैंजुले भने, ‘गाडी पठाएको हो, अरु ब्यवस्था त अस्पतालले गर्नुपर्ने’ जवाफ दिए । लकडाउनको वेलामा एम्वुलेन्सको चालक पनि खोज्न सक्नु भएन सिडिओ साव भन्ने दोस्रो प्रश्नमा उनले ‘खोजेर ब्यवस्था गर्ने जवाफ’ फर्काए । तर उनको ब्यवस्थापनको चालक राती १० पनि अस्पतालमा आइपुगेन् ।पहिलो संक्रमित लिदा महाभारतको युद्ध नै जितेको अनुभुतीलाई सोसियल मिडिया मार्फत सार्वजानिक गरेका एसएसपी भट्टले दोस्रो संक्रमित लिन भने आफ्नो जिम्मा सुरक्षा मात्रै भएको भनेर पन्छिए । एम्वुलेन्सको चालक कता गएछन भन्ने ढोरपाटनको प्रश्नमा उनले भने, ‘सिडियोले एम्बुलेन्स पठाउनु भएको छ, अरु थाहाँ भएन ।’ विरामीलाई अस्पताल ल्याउने र हराएको चालक खोज्ने त हजुरको जिम्मवारी भित्र पर्छ होला नि भन्ने अर्काे प्रश्नमा उनले ‘आफ्नो सुरक्षाको जिम्मेवारी मात्रै भएको’ जवाफ फर्र्काए ।

ढोरपाटनले अस्पतालका मेसु शैलेन्द्र वि पोखरेललाई सोध्यो अव के हुन्छ ? उनले भने ‘हामीले यहाँ आएपछि उपचारको सबै प्रबन्ध गर्ने हो यहाँसम्म बिरामी ल्याउने काम त उहाँहरुको हो ।’ अस्पतालका मेसु पोखरेलले आफुसंगको भएको एम्बुलेन्स अर्को बिरामी लिएर गएको र अरु सवारी साधन नभएकाले समस्यामा परेको वताए । अस्पतालका प्रमुखले दिएको अभिव्यक्तिको जिल्ला कमाण्ड पोष्टका सदस्य तथा जिल्ला प्रहरी प्रमुख भट्टले भने सिधै प्रतिवाद गरे ‘हाम्रो काम सुरक्षा व्यवस्था मिलाउने हो, बिरामी बोक्ने होईन ।’ उनले भने ‘सुरक्षाका हिसावले असहज भयो भने हामी तयार छौं, लिन जाने काम हाम्रो होईन, हामी स्वास्थ्यकर्मी नि होईनौ ।’ चालकको अभावका कारण तयारी थालिएको ६ घण्टा पछि मात्रै बिरामीलाई अस्पताल ल्याईयो ।

स्वास्थय प्रमुख गुरौ नै वृद्धा लिन हिडेपछि अस्पतालमा आउन तयारी भएका बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल निवासबाटै वृद्धाको घरतर्फ मोडिए । उनले कोही तयार नभएपछि सेनाका प्रमुखलाई फोन गरेर सेनाको स्वास्थ्य टोली पठाउन भनेका थिए । सेनाको स्वास्थ्यकर्मीको टोली अस्पताल आइपुग्दा भने जनस्वास्थय कार्यालयका प्रमुख गुरौ वृद्धाको घरमा पुगीसकेका थिए । सवै ब्वस्थापन भएर संक्रमित महिलालाई लिने टोली उनको घरमा पुगेपछि, आफ्नो लाज पचाउन सिडिओ र एसएसपी पनि पछि पुगे । संक्रमितलाई अस्पताल ल्याईपुराएपछि भने ‘माथि रिपोर्टङ गर्न’ तछाड मछाड गरे । सुरक्षाको सवैले सल्लाह गरेर ‘एउटै रिर्पोङि गर्न सहमती’ जुटाए ।

अस्पतलामा साढे १० बजे ल्याईपुराएपछि पनि उनलाई आइसोलेशन वार्डमा पुराउन पनि करिव १ घण्टा लाग्यो । वृद्धालाई लिएका स्वास्थ्य प्रमुख र चालक एम्बुलेन्सलाई पार्किङैमा छाडेर निस्के । त्यसपछि अस्पतालका डा.प्रदिप श्रेष्ठले पिपिई लगाएर उनलाई आइशोलेसन वाडसम्म पुराए । अहिले वृद्धा र युवती दुवैको अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दुवै जना कतार एयरको क्युआर-६५२ विमानबाट चैत ४ गते बेल्जिएमबाट कतार हुँदै काठमाडौं आएका हुन् । उनीहरु सोही दिन नै यति एयरलाइन्समार्फत पोखरा र त्यहाँबाट ६३५३ नं.को स्कार्पियोमा बागलुङ आएका हुन्। दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *