न्युयोर्कमा थप एक नेपालीको निधन

न्युयोर्कमा थप एक नेपालीको निधन

समाचार

Sharing is caring!

कोरोना भाइरसबाट सबै भन्दा धेरै प्रभावित बनेको अमेरिकाको न्यूयोर्क शहरमा थप एक नेपालीको निधन भएको छ।न्युयोर्कको क्वीन्स ग्रयाण्ड एभिन्युमा बस्दै आएका अजयमान छोंचुँको आइतबार निधन भएको छ।

केही दिनदेखि बिरामी रहेका उनको उपचारकै क्रममा निधन भएको आफन्तहरुले बताएका छन्। झण्डै दुईसाता अगाडि परीक्षण गर्दा छोंचुँ र उनकी श्रीमतीमा कोरोना नेगेटिभ देखिएको थियो।

न्युयोर्कमा कोरोना भाइरसको महामारी चलिरहेकाले उनको अन्तिम संस्कारमा परिवारका सदस्य र आफन्त सहभागी हुने सम्भावना कम रहेको बताइएको छ यो सँगै पछिल्लो १५ दिनमा न्युयोर्कमा ४ नेपालीले ज्यान गुमाएका छन्। रिपोर्ट नआएकाले मृत्युको कारण थाहा हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *