स्काउटका राष्टिय प्रशिक्षक र सहायक राष्टिय प्रशिक्षकहरुलाई सम्मान • OSNepal

स्काउटका राष्टिय प्रशिक्षक र सहायक राष्टिय प्रशिक्षकहरुलाई सम्मान • OSNepal

समाचार

Sharing is caring!

भक्तपुर, १७ चैत-नेपाल स्काउटका राष्टिय प्रशिक्षक र राष्टिय सहायक प्रशिक्षकहरुलाई शुक्रबार एक कार्यक्रमवीच सम्मान प्रदान गरेको छ । स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका भक्तपुरले भव्य कार्यक्रम गरी उनीहरुलाई सम्मान गरेको हो ।

नेपाल स्काउट बागमति प्रदेशका संयोजक शिवराम अर्यालले उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा स्काउटको एडभान्स तालिम (चौथौं तह) उतीर्ण गर्न सफल स्काउटहरुलाई एडभान्स स्कार्फ र उड्विड्स वितरण गरिएको छ । 

कार्यक्रममा नेपाल स्काउट वागति प्रदेशका सल्लाहकारद्धय रामगोपाल कर्माचार्य, भक्त राजभण्डारी, सदस्य अच्युत प्रजापति, आयोजक संस्थाका संयोजक कृष्णसुन्दर प्रजापतिलगायतले सम्मानित स्काउटहरु तथा एडभान्स तालिममा उतीर्ण हुन सफल स्काउटहरुले स्काउटको अनुशाशनमा रहेर देश र जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरे ।  
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *