छैटौं सिन्धुली महोत्वसबाट ३१ लाख बढी आम्दानी ::

छैटौं सिन्धुली महोत्वसबाट ३१ लाख बढी आम्दानी ::

समाचार

Sharing is caring!

सिन्धुली – सिन्धुली उद्योग बाणिज्य संघ सिन्धुलीले गत २०७९ पौष ८ देखी १८ गतेसम्म सिन्धुलीमाढीमा सञ्चालन गरेको छैटौं सिन्धुली महोत्सवबाट कुल ३१ लाख ६९ हजार ३ सय ६८ रुपैयाँ आम्दानी भएको जनाएको छ ।

सिन्धुली उद्योग बाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त महोत्वसवको आय तथा ब्यय सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदन अनुसार स्थानिस पास बिक्रिबाट १३ लाख ९० हजार ८ सय, स्टल बिक्रिबाट १ लाख ७२ हजार ८ सय, टिकट बिक्रिबाट ४९ लाख ९१ हजार ८ सय ८० साथै विभिन्न् ब्यक्ति तथा समुहबाट गरि महोत्सवबाट कुल १ करोड १९ लाख ७७ हजार ७ सय ७० आम्दानी भएको र खर्च तर्फ ८३ लाख ३९ हजार ३९ हजार ३ सय ९१ रुपैयाँ रहेको छैटौं महोत्सव मुल आयोजक समारोह समितिले सार्वजनिक हो ।

आधुनिक दमकल खरिदको उदेश्य राखेर लगाइएको छैटौं सिन्धुली महोत्वसबाट ३१ लाख रकम संकलन भएको र आधुनिक दमकल खरिद गरि सिन्धुलीबासीलाई विपद पर्दा सहयोग गर्ने मनोकाक्षा पुरा गर्न आफुहरु क्रियाशिल भएर लागीरहेको सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले पत्रकार सम्मेलनमा बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “उद्योग बाणिज्य संघले यो कार्यको थालनी गरेको हो, मानवीय सेवाको लागी अव डोजर, जेसीवी मात्र हैन प्रत्येक स्थानीय सरकारसँग आधुनिक एम्बुलेन्स र आनुनिक दमकल अति आवश्यक छ ।”

सिन्धुलीमा आगलागीका घटना हुँदा दमकलको समस्या भोग्नुपर्ने बाध्यता भएकाले सिन्धुली महोत्सव मार्फत संकलित रकमबाट मानवीय कार्य गर्ने उदेश्यले संघले महोत्सव सञ्चालन गरेको र उक्त महोत्सवलाई शौहार्दपूर्ण ढंगले सम्पनन् गर्न सहयोग गर्नुहुने सवैपक्षलाई अध्यक्ष श्रेष्ठले धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै कमलामाई नगरपालिका प्रमुख उपेन्द्र कुमार पोखरेलले मानवीय सेवाको लागी दमकल अति आवश्यक साधन बनिसकेको र सडक तथा भौतिक पुर्वाधारको विकासले पनि दमकल जहाँपनि पुग्न सक्ने परिस्थिती बनिसकेकाले स्थानीय सरकारले अनिवार्य रुपमा दकमल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

पोखरेलले भन्नुभयो,“ दमकल जस्तो अति संवेदनशिल साधन किन्नका लागी सरकार आफै अग्रसर हुनुपर्ने हो तर उद्योग बाणिज्य संघले जुन अग्रसरता देखायो त्यसपति म अत्यतै आभारी छु ।” प्रमुख पोखरेलले अन्य गाउँपालिका तथा संस्थाहरुबाट प्रतिबद्धता अनुसार रकम संकलन गरि नपुगेको रकम कमलामाई नगरपालिका मार्फत ब्यवस्थापन गरेर चालु आर्थिक वर्षमै नगरपालिकाले दमकल खरिदका लागी बजेट ब्यवस्थापन र सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सिन्धुली महोत्वस २०७९ मा दमकल खरिदका लागी स्थानीय सरकारको रुपमा मरिण, हरिहरपुरगढी र तिनपाटन गाउँपालिकाको तर्फबाट पाँच पाँच लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता रहेको र थप नपुग सहयोग कमलामाई नगरपालिकाले ब्यवस्थापन गर्ने गरि छलफल भैरहेको उद्योग बाणिज्य संघ सिन्धुलीले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले पनि प्रत्येक स्थानीय तहमा एउटा दमकल अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । तर, स्थानिय सरकारका प्रमुखहरुले खर्चिलो र व्यवस्थापन गर्न गाह्रो हुने भन्दै दकमल खरिदका लागी चासो दिने गरेका छैनन् ।

विपदका विभिन्न घटनामध्ये आगलागी पनि गम्भीर र चुनौतीपूर्ण छ । यस्तो विपत्ति भएको खण्डमा पूर्वतयारी स्वरूप चाहिने अत्यावश्यक दमकल सिन्धुलीका सात वटा स्थानीय तहसँग अभै पनि ब्यवस्थापन गरिएको छैन ।

सिन्धुलीको तिनपाटन, फिक्कल, घ्याङलेख, मरिण, सुनकोशी र हरिहरपुरगढी गाउँपालिकाले जेसिबी भने खरिद गरिसकेका छन तर मानवीय सेवा र उद्धारमा प्रयोग हुने दकमल भने खरिद गर्न चासो देखाएका छैनन् । हाल सिन्धुलीमा कमलामाई नगरपालिका र दुधौली नगरपालिकासँग मात्र साधारणखालका दमकल सञ्चालनमा रहेका छन ।

स्थानीय सरकारले बर्षेनी लाखौं खर्चेर जनप्रतिनिधी र कर्मचारीका लागी आवश्यक सवारी साधन किन्ने गरेको तर बिपदमा अति आवश्यक हुने दकमल खरिद नगर्ने गरेको नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरेले बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *