‘हामी भोकले म’र्यौ भनेपनि भाइरसले म’र्यौ भन्न्छन् होला’

‘हामी भोकले म’र्यौ भनेपनि भाइरसले म’र्यौ भन्न्छन् होला’

समाचार

Sharing is caring!

रौतहट, २७ चैत । नेपाल सरकारले को;रोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन गरेको लकडाउनको आज बिहीबार सत्र दिन पुगिसकेको छ । लक डाउनका कारण सबैभन्दा बढी मार्कामा दैनिक ज्यालदारी गर्ने मजदूर एवम् विपन्न परिवारहरु परेका छन् । कामकाज ठप्प हुँदा उनीहरुलाई खानलाई समस्या परेको छ ।

आज कमाएर आजै खाने परिवारमा चुल्हो नबल्ने अवस्था आउन थालिसकेको छ। ‘हुँदाखाने’ समुदायका मानिसहरुको समस्यालाई मध्यनजर गर्दै स्थानीय तहले राहत वितरण गरिरहेका छन्। तर रौतहटको चन्द्रपुर नगरपालिकामा राहत वितरणमा ढिलाइ हुँदा ‘हुँदा खाने’ परिवारहरु समस्यामा पर्न थालेका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर ९ मुसहर वस्तीमा निवासी मुसहर समुदायका मानिसहरुलाई लकडाउनले गर्दा ज्यानै लिनेको भन्ने पिरले सताउन थालेको छ ।

निकै पिछडिएको यो समदायका अधिकांस मानिसहरु दैनिक ज्यालादारी गरेर आफ्नो छाक टार्ने गर्दछन् । तर लकडाउनले गर्दा उनीहरुको कमाइ ठप्प भएको छ र घरमाभएका राशनहरु पनि सकिन थालिसेको छ । यस्तो अवस्थामा चन्द्रपुर नगरपालिकाले समयमै राहत वितरण नगर्दा के खाने भन्ने चिन्ताले सताइरहेको छ ।

सो नगरपालिका वडानम्बर ९ले राहत वितरण गर्नका लागि भनेर एक हप्ताभन्दा अगाडि नै उनीहरुको नामावली संकलन गरेर लगेपनि हालसम्म वितरण नगरेको स्थानीय दुलारी देवी बताउछिन्। उनले नाम संकलन गरेपछि चाँडै राहत पाइने आश लागेता पनि आज सम्म राहत नपाउँदा निराशा छाएको बताउँदै जतिसक्दो चाँडो राहत वितरण गर्न माग गरेकी छिन् ।

उनले लकडाउन गर्दा कमाउन नपाएको भन्दै घरको अन्न पनि सकिन लागेकाले के खाने हो भन्ने चिन्ताले सताउन थालेको बताइन्। ‘घरमा दाल,चामल, तरकारी सबै सकिन लागिसक्यो’ उनले भनिन् , ‘हामी त अचेल जाउलो, खिचडी पकाएर खान थालेका छौँ । यो पनि कति धेरै दिनलाई पुग्ने छैन्, त्यसपछि के खाने थाहा छैन् ।’ अर्की स्थानिय ज्ञानु देवीले पनि लकडाउनले गर्दा काम गर्न नपाउँदा कमाइ नभएकाले अब के खाने र बच्चालाई के खुवाउने भन्ने चिन्ताले सताउन लागेको गुनासो गरिन् । उनले बाहिर काम गर्न निस्कदा प्रहरीले भाइरस लाग्छ घरमै बस्नुपर्छ भनेर पठाउने गरेको भन्दै अब गरिबीको कारण मर्नुपर्ने अवस्था आइसकेको बताइन् ।

‘बाहिर काम गर्न गयो भने प्रहरीले को;रोना भाइरस लाग्छ घरमै बस्नुपर्छ भनेर घर फर्काइदिन्छन्’ , उनले गुनासो गरिन् , ‘कामै नगरी घरमै बस्योभने घरमा चुल्हो बल्दैन्, बाल बच्चा भोक भोकै रहन्छन् । वडाले दिने भनेको राहत पनि कहिले आउने हो थाहा छैन् ।’ आफुहरु भोकले मरेपनि को;रोना भाइरसले म¥यो भनेर नेताहरुले ला’शपनि उठ्न नदिने होला भन्दै नेताहरुले चुनावको बेला गरेका वाचाहरु बिर्सिएको गुनासो स्थानीय जगिया माझीको छ ।

उनले आफुहरु भोकले मरिसकेपछि दिएको राहत कुनै काम नभएको भन्दै यथासक्य चाँडो राहतवितरण गर्न जनप्रतिनिधिसँग आग्रह गरिन् । ‘हामी भोकले त’ड्पिएर म¥यौ भनेपनि नेताहरुले भा’इरसले म¥यो भन्छन् होला’उनले आक्रोश व्यक्त गर्दै भनिन्, ‘त्यस पछि हाम्रो लाशपनि उठ्दैन । हामी गरीबले मरेपछि पनि राहत नपाउने भयौँ ।’ गरिबीको कारण ज्यान गुमाउने अवस्था आउँदा पनि राहत वितरणमा जनप्रतिनिधिले गरेको ढिलासुस्ती प्रति उनीहरुको गुनासो रहेको छ ।

यस सम्बन्धमा चन्द्रपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गोविन्द दुलालसँग प्रति क्रिया लिदाँ उनले राहत पाउनेको नामावली संकलन गर्ने काम सकिएकाले अब केही दिन भित्रै पक्रिया पु¥याएर राहत वितरण गर्ने बताए । न्युज २४ नेपालमा बालबिक्रम कार्कीले लेख्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *