ढल र नालाको दुर्गन्धित पानी घर–आँगनमाः स्थानीयले गरे विरोध प्रदर्शन (भिडियोसहित

ढल र नालाको दुर्गन्धित पानी घर–आँगनमाः स्थानीयले गरे विरोध प्रदर्शन (भिडियोसहित

समाचार

Sharing is caring!

सन्जय सहनी, रौतहटः ढल (नाला) को पानी घरको आगन-आँगन र नजिकैको बिरेन्द्र राजमार्ग भएर बग्न थालेपछि रौतहट यमुनामाई गाउँपालिका वडा नं २ का स्थानीयहरु राजमार्गकै मुल बाटोमा बसेर प्रदर्शन गरेका छन।

भेडियाही टोलका सयौं स्थानीयहरु सदरमुकाम गौरबाट चन्द्रनिगाहपुर जोड्ने बिरेन्द्र राजमार्गको पिच मै बसेर प्रदर्शन गरेका हुन।

गाउपालिका अध्यक्ष श्री प्रसाद मुखिया र वडा अध्यक्ष सर्फलाल यादबले ढल निर्मान र निकासको उचित ब्यबस्थापन नगरेपछि यो समस्या सृजना भएको स्थानीय रामबलक यादबले प्रदर्शनको क्रममा बताएका छन ।

स्थानीयले धेरै चोटि बजेट बिनियोजन गरेर पनि अन्तिममा राजनितिक प्रतीसोधका कारन नाला निर्माण नगरी बजेट दुरुपयोग गरेको स्थानीयले आरोप लगाए ।आफूहरु बर्सौ बर्स देखि नाला निर्माण र ढल निकासको बारेमा जति गुनासो गरेपनि नगर प्रतिनिधि कानमा तेल हाली बसेको स्थानीयको आरोप छ।

क्षेत्र न एकमा पर्ने यस भडियाही गाउँमा निर्वचित भएदेखि संघीय सान्सद ,प्रदेश सान्सद देखा नपरेको स्थानीयको भनाइ छ ।यस क्षेत्रवाट राजपाबाट निर्वाचित अनिल झा सान्सद र तिनका पत्नी डिम्पल झा प्रदेश दुई सरकारका भौतिक पुर्वाधार राज्य मन्त्री,अर्का प्रदेश सान्सद योगेन्द्र यादब कृषि राज्य मन्त्री छन तर पनि जनताले यस्तो दुःखको दिन हेर्न बस्न बिबस रहेको स्थानियहरुको दुखेसो छ।नालाको पानी गाउँ घरमा जताततै बगिरहेको छ,दुर्गन्धले सुत्न सकेको छैन, राजमार्गमा पानी जमेकोले एम्बुलेन्स लगायत सवारी साधनलाई सास्ती छ दुर्घटनाको खतरा छ के गर्ने रुथानीय कलिमुला मन्सुरीले दुखेसो पोखे।

स्थानीयहरुले नालाको दुषित पानीको कारण दैनिक जीवन कष्टकर, झन करोना भाईरसको डर त्यस माथि उक्त नालाको दुषित पानीको कारण अर्को माहामारीको खतरा हुन सक्ने हुदा तत्काल संभावित खतराबाट बचाउनको लागि स्थानियहरुले सरकार सङ माग गरेका छन।यस बिसयमा जनप्रतिनिधिसँग कुरा गर्न खोज्दा सम्पर्कविहिन छन्।

भिडियो-

Leave a Reply

Your email address will not be published. Required fields are marked *