काठमाण्डौँ– साझा यातायातलाई समयमै विद्युतिय बस खरिद गर्न नसकेको भन्दै सरकारले दिएको तीन अर्ब ब्याजसहित रकम फिर्ता लिने निर्णय गरेको छ ।
यसअघि सरकारले ३ सय वटा विद्युतीय बस खरिद गर्न साझालाई ३ अर्ब सेयरवापत दिएको थियो । साझालाई दिने भनेको रकम नदिने र दिईसकेको रकम ब्याजसहित फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।
उनका अनुसार अब विद्युतिय बस सरकार आफैले किन्ने भएको छ । विद्युतिय बस आपूर्तिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको बाँस्कोटाले बताए ।