घर भान्छामा सिमित महिलाहरु विभिन्न संघ संस्था द्धारा साक्षात्कार वन्दै

घर भान्छामा सिमित महिलाहरु विभिन्न संघ संस्था द्धारा साक्षात्कार वन्दै

समाचार

Sharing is caring!

नारायण वली
बुटवल । घरवार र परिवारको लालन पालन र रेखदेख गर्दै घर भान्सामा मात्रै सिमित रहँदै आएका महिलाहरुलाई गा्रमिण स्तरमा सञ्चालन हुँदै आएका विभिन्न संघसंस्थाहरुले साक्षात्कार मात्रै वनाएन आर्थिक सवलीकरणको स्थानमा वलियो वन्ने आाधार पनि प्रदान गरेको पाईएको छ ।

जसले गर्दा महिलाहरुले कही गर्न सक्दैनन्् र गर्न हुन्न भन्ने जस्ता भनाईहरुलाई चिर्दै पछिल्लो समय पाल्पाका महिलाहरु सामूहिक आलु खेतीतर्फ आकर्षित बन्दै आर्थिक आयआर्जनलाई वलियो वनाउँदै गएको पाईएको छ । जिल्लाको माडीफाँट, हुँगीफाँट, दोभान, अर्गली, कचल र रामपुर लगायतका क्षेत्रहरुमा बढी मात्रामा आलुखेती गरिए पनि तर पछिल्लो समय जिल्लाका विभिन्न स्थानहरुमा विभिन्न समूह गतरुपमा महिलाहरु मिलेर आलु खेती गर्नाले राम्रो आम्दानी हुँदै गएको त्यहाँका महिलाहरुले वताएका छन्् ।

आलु बाट राम्रो आम्दानी भएपछि आलुखेती गर्न हौसला मिलेको शुभसन्देश महिला समूहकी अध्यक्ष चद्रीसरा सारुको धारणा रहेको छ । त्यस्तै रामपुर नगरपालिकाको अन्य वडामा भन्दा रामपुर नगरपालिका वडा न–६ मा समूहमा आलु लगाउने १० जना महिलाहरुको एउटा समूह रहेको वताएको छ । रामपुरमा करीब नौ वर्षअघि गठन गरिएको रामपुर नगरपालिकाको नदी किनार आयआर्जन महिला समूहले विगतका वर्षहरु देखि नै समूहमा मिलेर धान र मकै लगायतका खेती गर्दै आईरहेको नदी किनार आयआर्जन महिला समूह अध्यक्ष भगवती देवकोटाले जानकारी दिनुभयो ।

भू–वनावट र समथर जमीन तथा बालुवा र माटो मिसिएको बलौटे माटोमा आलु उत्पादन राम्रो हुने कृषि प्राविधिकको भनाई रहेको छ । जिल्लाको रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका तथा मदनपोखरा माडी क्षेत्रमा पनि महिलाहरुले सामूहिक रुपमा आलु लगाउन थालेका छन्् । पूर्वखोला गाउँपालिकामा गठित शुभसन्देश महिला समूहका अध्यक्ष चद्रीसरा सारुले गत वर्ष पूर्वखोलाको ५४ रोपनी जमीनमा ५० क्विन्टल आलु रोपेर २ सय क्विन्टल आलु उत्पादन गरेको वताउनु भयो ।

यस्तै माटोको अवस्था हेरेर कृषिको विकास विना समृद्धि असम्भव भएको भन्दै कृषिलाई तह छुट््याएर महिलाहरुलाई उत्साहित गर्दै आलु खेतीमा यस वर्ष बढी जोड दिईएको वडाध्यक्ष हुमनाथ न्यौपाने वताउनु भएको छ । केराखेती, मौरीपालन र बाख्रा पालन लगायत कृषिमा अनुदानमा सहयोग गर्दै आएको वडामा १७ जना कृषकहरुले झण्डै ४० रोपनी क्षेत्रफलमा केराखेती, ६८ जना कृषकहरु तथा १० समूहले सामूहिक आलुखेती, २७ जना कृषकले मौरीपालन र एक सय केजी मासु उत्पादन गर्ने कृषकलाई अनुदान दिने गरी बाख्रापालनमा कृषकहरुलाई प्रोत्साहित गरेको उक्त वडा कार्यालयले जनाएको छ ।

आलु पकेट क्षेत्रका रूपमा विकास गर्दै आलु बाट आयआर्जन वृद्धि गराउने र कृषकहरुलाई आत्मनिर्भर गर्ने उद्देश्यले ढुवानी खर्च समेत गाउँपालिकाले व्यहोरेर आलु कृषकहरुलाई सहुलियत दिएको वताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *