र्‍यापिड टेस्टमा काभ्रेका २ जनामा देखियाे काेराेना पाेजेटिभ

र्‍यापिड टेस्टमा काभ्रेका २ जनामा देखियाे काेराेना पाेजेटिभ

समाचार

Sharing is caring!

धुलिखेल । काभ्रेमा ‘र्‍यापिड’ परीक्षणको क्रममा २ जनामा कोरोना ‘पोजिटिभ’ देखिएको छ ।

मंगलबार काभ्रेको बेथानचोक गाउँपालिकाका १ र मण्डनदेउपुर नगरपालिकाका १ जनामा र्‍यापिड डाइग्नोस्टिक परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको हो ।

उनीहरू दुवैको स्वाब परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको छ ।

बेथानचोकका युवा चैत ९ गते भारतबाट र मण्डनदेउपुरका युवा चैत ७ गते दुबईबाट आएको बताइएको छ ।

धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारका अनुसार काभ्रेका २ युवकमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरुको थप परीक्षणका लागि धुलिखेल अस्पताल ल्याइएको हो ।

‘उनीहरुको पिसिआर विधिबाट परीक्षण गरिएको छ । नतिजा भोलि बिहानसम्म आउँछ,’ उनले भने । उनीहरुलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *