चैत्र महिनाको घरभाडा छुट नदिनेलाई कडा कारबाही गरिने गृहको आदेश, कर छलीको अभियोग लगाउने तयारी

चैत्र महिनाको घरभाडा छुट नदिनेलाई कडा कारबाही गरिने गृहको आदेश, कर छलीको अभियोग लगाउने तयारी

समाचार

Sharing is caring!

काठमाडौ । सरकारले चैत्र महिनाको घरभाडा छुट नदिने घरबेटीहरुलाई कडा कदम चाल्ने तयारी गरेको छ । चैत्र महिनाको अन्तिम साताबाट सरकारी अधिकारीहरुबिच यसबारेमा परामर्श हुन थालेको हो । उपत्यकामा घर हुनेहरुले आफ्नो घरमा बहालमा बसेका मजदुर तथा सर्बसाधारणलाई एक महिनाको बहाल छुट दिदा उनीहरुमा कुनै प्रकारको आर्थिक समस्या नहुने सरकारी अधिकारीहरुको भनाई छ ।

मुलुकलाई गम्भीर संकट परेको बेला उपत्यकाका घरबेटीहरुले एक महिनाको भाडा छुट दिएर सरकारलाई सहयोग गर्नुपर्ने सरकारको भनाई छ । गएको चैत्र १६ गते बसेको मन्त्रीपरिषदको बैठकले चैत्र महिनाको बहाल छुट दिन सबैमा सार्बजनिक रुपमा आग्रह गरिसकेको छ । राष्टिय संकटको यो बेला बहाल छुट दिएर सरकारलाई सहयोग गर्न मन्त्री परिषदले भनेको थियो । यो बेला सर्बसाधारणलाई आर्थिकरुपले संरक्षण गर्न सरकारलाई ठूलो दबाब छ

आर्थिक क्रियाकलाप ठप्प भएर सर्बसाधारणको आम्दानीको स्रोत बन्द भएपछि सरकारले केही राहत हुने ठहर गरी एक महिनाको भाडा छुट गर्न सम्बन्धित सबै घरवालाहरुलाई भनेको थियो । सरकारको यो निर्णयलाई कतिपय बहाल लिने घरवालाहरुले सहर्ष स्वीकार गरे पनि ठूलो संख्याका घरबेटीहरुले भने वेवास्ता गरिरहेका छन । संकटको यो घडीमा सरकारलाई नटेर्नेहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने तयारी सरकारी अधिकारीहरुले गरेका छन् । जबर्जस्ती भाडा लिनेहरुको लगत संकलन गरेर कारबाही गर्ने बताइएको छ । यसको लागि घर भाडामा बस्नेहरुलाई सम्बन्धित सरकारी कार्यालयमा सूचना गर्न पनि आग्रह गर्ने तयारी छ । सूचना दिनेहरुको सबै कुरा गोप्य राखिने जनाइएको छ ।

सरकारलाई नटेर्नेहरुलाई कर छलीमा कारबाही गर्न सकिने अधिकारीहरुले बताएका छन् । उपत्यकाका घरधनीरुले बहाल लगाएर बर्षमा लाखौं रकम लिने गर्छन । घरभाडा उनीहरुको आम्दानीको मूल स्रोत नै हुने गरेको छ । तर अधिकांशले बहाल कर बुझाउने गरेका छैनन् । उनीहरुलाई सरकारले पटक पटक करको दायरामा आउन गरेको आग्रहलाई पनि लत्याइरहेका छन् ।

यो संकटको बेला एक महिनाको भाडा छुट दिन सरकारले गरेको आग्रह नटेर्ने र भाडा उठाएर मोज गर्नेहरुलाई कानुनी प्रक्रियामा ल्याइने अर्थमन्त्री डा। युवराज खतिवडाले बताइसकेका छन् । तर चैत्रको भाडा लिए पनि बैशाखमा छुट दिएमा भने कारबाही नगरिने सरकारको तयारी छ । जसरी भए पनि एक महिनाको बहाल नलिन सरकारले आग्रह गरेको हुदा चैत्र या बैशाख जुन महिनाको भए पनि छुट दिदा कारबाही नगर्ने तयारी भएको गुह मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *