र्‍यापिड टेस्टमा थप पाँचजनामा देखियो कोरोना पोजेटिभ

र्‍यापिड टेस्टमा थप पाँचजनामा देखियो कोरोना पोजेटिभ

समाचार

Sharing is caring!

काठमाडौं । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) ले थप पाँचजनामा कोरोना संक्रमण देखाएको छ। काभ्रेपलाञ्चोक, धादिङ, गोरखा र सप्तरीमा गरी पाँच जनामा संक्रमण देखाएको हो।

काभ्रेको बेथानचोक ५ च्यासिङखर्कका २८ वर्षीय युवक, धादिङका २७ वर्षीय एक पुरुष, गोरखाको आरुघाट गाउँपालिकाका युवक, सप्तरीमा दुई जनामा गरी पाँच जनामा आरडिटीले कोरोना संक्रमण देखाएको हो।

यस्तै मण्डनदेउपुर नगरपालिका–३ का २३ वर्षीय युवकको मंगलबार आरडिटी परीक्षण हुँदा शंकास्पद नतिजा आएको भन्दै उनलाई धुलिखेल अस्पताल पठाइएको छ।

आरडिटीको रिपोर्टलाई पिसिआर विधिबाट पुष्टि गर्न थ्रोट स्वाव संकलन गरिएको छ। उनीहरु सबैलाई विभिन्न अस्पतालको आईसोलेसनमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *