पोखराको लेकसाइडको होटेलमा युवतीलाई सामूहिक बलात्कार

समाचार

Sharing is caring!

पोखरा, ३ वैशाख । कास्की जिल्लाको पोखरास्थित लेकसाइडमा रहेको एक होटलमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए ।

सोमबार ती युवतीमाथि बलात्कार भएको थियो । उनीहरूलाई सोमबार नै वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *