जनकपुरमा दुई महिला सडकमा रूपैयाँ छरेर फरार

जनकपुरमा दुई महिला सडकमा रूपैयाँ छरेर फरार

समाचार

Sharing is caring!

जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोकको बाटोमा दुई महिला पैसा छररे फरार भएका छन्।

सीसीटीभीको फुटेजमा ती महिला अन्दाजी ४०–४५ वर्षका रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

शुक्रबार १२ः३० बजे सो ठाउँबाट बरामद गरेका रूपैयाँ कोरोना भाइरस सङ्क्रमणसम्बन्धी शङकास्पद भएकाले अनुसन्धान कार्य तीव्र रूपले भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले बताए।

उनका अनुसार बरामद गरिएका रूपैयाँलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ।

प्रहरीले रूपैयाँ छर्ने महिलाको खोजी गरिरहेको प्रवक्ता कार्कीले बताए। उक्त रूपैयाँ छरिएको क्षेत्रलाई स्यानिटाइजरसमेत गरिएकाे उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *