प्रधानमन्त्री ओलीले भने, लकडाउनमा कसैलाई हिंडन नदिनुस्, खान नपाएकालाई खाद्यान्न दिनुस्

प्रधानमन्त्री ओलीले भने, लकडाउनमा कसैलाई हिंडन नदिनुस्, खान नपाएकालाई खाद्यान्न दिनुस्

समाचार

Sharing is caring!

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लकडाउन पूर्ण रुपमा कार्यान्वयन गराउन निर्देशन दिएका छन् । आज साँझ मन्त्रिसहित कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्यहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले लकडाउनलाई कडीकडाउ गर्न निर्देशन दिएका हुन् ।

मन्त्री तथा उच्चस्तरीय समितिका सदस्यसहित सुरक्षा अंगका प्रमुखहरुलाई बालुवाटारमा बोलाएर निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सरकारको निर्णय नमान्ने जोकसैलाई कारवाहीको दायरामा ल्याउन समेत भनेका छन् ।
‘लकडाउनलाई कडिकडाउ गर्नु, कसैलाई पनि छुस्रुक्क पनि हिँडन नदिनु,’ ‘लकडाउन सवैका लागि हो । यसको कार्यान्वयन गर्ने मुख्य दायित्व सुरक्षा निकायको हो, यस्तो अवस्थामा सुरक्षा निकाय के हेरेर बसेको छ ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो ।

लकडाउन लम्बिँदै गर्दा मानिसहरु हप्तादिनसम्म हिँडेर भएपनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर सरोकारावाला निकाय र व्यक्तिहरुलाई यस्तो निर्देशन दिएका हुन् । बैठकमा प्रधानमन्त्रीले ‘खान नपाएर कोही खान गाउँ जानु पनेए अवस्था नआओस्, यदि कसैले खानै नपाउने अवस्था आए त्यहाँ तत्कालै खाद्यान्न पुर्‍याउनु’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *