हाम्रो नाम मात्र प्रकाश-रोशनी, तर जीवन अन्धकार भयो नि बूढी …… मेरो नामको सिन्दुर लगाउन १ वर्ष कुरिस तर ….

समाचार

Sharing is caring!

काठमाडौं । अक्सर प्रेम कथामा निर्मित चलचित्रमा हामी देख्छौँ, नायक र नायिका एक अर्कालाई अत्यन्तै प्रेम गर्छन् । युवा मनमा अंकुराएको प्रेमको डोरी कसिलो भएर जान्छ । तर अफसोच उनीहरुको प्रेम परिवारले स्वीकार गर्दैनन् अनि भागेर अन्तै कतै जान्छन् । निर्देशकले उनीहरुलाई मायालुको गाउँमा पुर्याउँछन् ।

त्यसपछि दुखसुख चलाउँदै गर्दा उनीहरुलाई परिवारले खोजीनिती गर्छन् । फेला पार्छन् । छुटाउन खोज्छन् तर सक्दैनन् । अन्तत उनीहरुको विवाह गराइदिन राजी हुन्छन् । र दुवै परिवारका तर्फबाट धुमधामका साथ बिहे गरिदिन तयारी गर्छन् । नायक नायिका दुवै खुसीले उफ्रिन्छन् । आफ्नो प्रेमको जित भएको खुसीसँगै आफ्ना साथीलाई निम्ता गर्न जान्छन् । अनि फिल्ममा ट्वीस्ट आउँछ । दर्शक झसंग हुन्छन् ।

हो निम्ता बाँड्ने क्रममा साईकलमा सवार हुनेवाला दुलही अचानक दुर्घटनामा पर्छिन् अनि उनको त्यहि निधन हुन्छ । परिवारको राजीखुसीमा आफ्नो हुनै लागेकी आफ्नी दुलहीको यसरी मृ-त्यु हुँदा हिरो अर्थात् हुनेवाला बेहुला कति विक्षिप्त हुन्छन् । आफ्नो वर्षौंदेखिको प्रेमलाई नियतिले चटक्क चुडाएर लैजाँदा उसको सारा सपना चकनाचुर हुन्छ ।

उसले देखेको सँगै बाँच्ने सपना, सुखदुख, उकाली ओराली अनि भन्ज्याङ चौतारी सँगै गर्ने सपना पल भरमै जलेर खरानी हुँदा उसले कहाँ मन बुझाउन सक्छ र वर्षौंदेखि तिर्खाएको काकाकुल झैँ हुन्छ उसको जीवन पनि । यो त रील लाइफको कुरा भयो एकछिन अभिनय हुन्छ रीलमा कैद गरिन्छ । त्यसपछि दर्शक समक्ष पुर्याइन्छ र दर्शकले पनि भावुक हुँदै हेरिदिन्छन् र कति राम्रो मुभी बनेछ भनी प्रतिक्रिया दिँदै सकिन्छ ।

कल्पना गर्नुस् त यो रिल लाईफमा भएका कथा कसैको वास्तविक जीवनमा भयो भने कति मन दुख्ला ?

महेन्द्रनगरका प्रकाश टेरको रियल लाइफमा यस्तै बज्रपात परेको छ । उनीमाथि परेको बज्रपात कुनै मुभिको रीलमा खिचिएको एउटा अपूरो प्रेम कहानी भन्दा कुनै फरक नै छैन । माघ ९ गते अर्थात् बिहिबार न्युज डेस्कमा एउटा सनसनीपूर्ण खबर आयो “महेन्द्रनगरमा टिप्परको ठक्करबाट एक महिलाको मृ-त्यु” । सहकर्मी मित्रले भन्नुभयो महेन्द्रनगरमा दुर्घटना भएछ न्यूज अपडेट गर्नुपर्यो । महेन्द्रनगर प्रहरीलाई फोन लगाऔँ ।

मनमनै सोचे “दुर्घटना पनि कत्ति हुन सकेको अहो ! गाडी चलाउनेहरु आँखा नै हेर्दैनन् कि के हो ? बाटोमा मान्छे हिडेको नि नदेख्ने !”

मनमनै कड्किए पनि । संचारकर्मी भएको नाताले मेरो काँधमा जिम्मेवारी थियो न्यूज अपडेट गर्ने । मैले त्यसै गरे । उही छ क समेटेर । हो, हामी ब्रेकिङ गर्नुपर्ने वा हार्ड न्यूज जुन छ वटा क को जवाफले आम मानिसको मनको कौतुहलता तत्काललाई साम्य पार्छ । के कहाँ कहिले कति कुन किन यी नै कुराको जवाफसहितको एउटा खाका बनाएपछि हार्ड न्यूज बन्ने कारणले त्यहि गरे । पछि मात्रै विस्तृतमा समाचार लेखिन्छ ।

पछि थाहा भयो, ती युवति माघ १३ गते अर्थात् आज बेहुली बन्न लागेकी रमिता रहेछिन् । उनी आफ्नो विवाहको निम्ता बाँड्न हिड्दा उक्त दुर्घटनामा परेकी रहेछिन् । मनमा उत्साह बोकेर जीवनको रंगिन सपना बोकेर कति खुसी हुँदै निम्ता बाँड्न हिँडेकी उनलाई टिप्परले किचेर सपना सारा सपना क्षणभरमै रंगहीन बनिदियो ।

रंग थियो त केवल खोलाजसरी बगेको उनको रगतको । सडकमा पल्टिएको श-व भिज्नेगरी लत्पतिएको रगतले मानिसहरुको होशहवास उड्यो । बिहेको निम्तो बाड्न हिडेकी रमिता कहिल्यै फर्केर नआउने गरि गइन्, सबैलाई रुवाएर ।

तर उनको लागि सिन्दुर लिएर कुरेर बसेको प्रकाश कुन हालतमा होलान् एकचोटी कल्पना गर्नुहोस् त जो आफ्नो वर्षौंदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने पर्खाइमा थिए ।

यदि त्यो घटना नहुँदो हो त यतिबेला नेपाली सेनामा कार्यरत प्रकाश दुलाहाको भेषमा सजिएका हुन्थे अनि मनमा अनेकौं खुसीका बहारसँगै बाजाका साथमा जन्ती लिएर रमिताको घर जान्थे होला । अनि उता रमिता चटक्क सजिएर बेहुली बनेर बेहुला ९प्रकाश० लाई कुहिरहेकी हुन्थिन् । बाटो हेरिरहेकी हुन्थिन्।

तर दुर्भाग्य बिहे घर शून्य छ, आज । उल्लासको ठाउँमा स्तब्धता छ । घर घर जस्तो नभएर मसानघाट जस्तो सुनसान छ, आज । रोदन छ, होस हराएजस्तो देखिन्छन्, परिवारका सदस्य । कुनै चलचित्रको प्लटजस्तो लाग्ने यो घटनापछि अब ति चखेवाका जोडीहरु कहिल्यै भेट्ने छैनन् ।

फेरि त्यो दिन ….

गत बिहिबार कन्चनपुरको महेन्द्रनगरमा टिप्परको ठक्करबाट एक युवतीको मृ-त्यु भयो । जो आज दुलही बन्दै थिइन् । आफ्नो बिहेको निम्तो बाँड्न हिडेकी उनलाई टिप्परले ठक्कर दिँदा घटनास्थलमा नै मृ-त्यु भयो । उनको मृ-त्यु त भयो तर यता उनको हुन लागेका बेहुला प्रकाश पानी बिनाको माछा जस्तै भएका छन् । प्रकाश नेपाली सेनामा कार्यरत छन् ।

बिहेको लागि भन्दै बिदामा बसेका उनले सायदै सोचे होलान् जीवनमा यस्तो बज्रपात आइलाग्ला भनेर । उनको जीवन अपत्यारिलो दुर्घटनाले छेतबिच्छेद भएको छ । रमिता भट्टको घर बैतडीको दशरथचन्द नगरपालिका– १ गुरूखोला हो । उनि एक वर्ष अगाडी देखि महेन्द्रनगर बस्दै आएकी थिइन् । ब्राह्मण परिवारकी छोरी भएकाले परिवारले नदिने भएपछि क्षेत्री थरका प्रकाशले एक वर्षअघि नै उनलाई महेन्द्रनगरमा बस्ने चाँजोपाँजो मिलाएका थिए । उनीहरूको विवाह भने भएको थिएन । विहेका लागि यही माघ १३ गतेको साइत जुरेको थियो । बिहेको निम्तो बाड्न जाँदा सो घटना भएको हो ।

दुर्घटनापछि प्रकाशले मनै रुवाउने स्टाटस लेखेका छन् । उनले आफू एक्लै यात्रा गर्न नसक्ने बताएका छन् भने आफ्नो रमितालाई साडी लगाएर सिउँदो भरेको हेर्ने रहर भएको लेखेका छन् । उनको यो मार्मिक स्टाटसमा कमेन्ट गर्नेहरुले उनलाई सम्झाईबुझाई गरेका छन् । उनको दर्दनाक भावनामा रोएका छन् । भावविह्वल भएका छन् । उनका साथीहरुले लेखेका छन्छन्, नआत्तिउ जोडा । हामी छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *