आज देखि लकडाउनमा पसल खोल्ने समय फेरियो, यस्तो छ नियम

आज देखि लकडाउनमा पसल खोल्ने समय फेरियो, यस्तो छ नियम

समाचार

Sharing is caring!

काठमाडौं । ललितपुर महानगरपालिकाले लकडाउनमा नगरभित्रका पसल खोल्ने नियम परिवर्तन गरेको छ । महानगर यसअघिको समय ठूला स्टोर र साना पसल खोल्न छुट्टाछुट्टै समय तोकेको हो । नयाँ नियम अनुसार महानगरभित्रका ठूलो स्टोर बिहान १० बजेदेखि साँझ ७ बजेसम्म मात्र खोल्न पाइने भएको छ ।

खाद्य, तरकारी, दूध र फलफूल लगायतका सामग्री बेचबिखन गर्ने पसल भने बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म नै खोल्न पाइनेछ । महानगरले पसलमा सामान किनबेच गर्दा बिक्रेता र ग्राहकलाई ३ फिट दूरी कायम गरेर सामान लिन र साबुन पानीले हात धुन तथा सेनिटाइजर प्रयोग गर्न आव्हान समेत गरेको छ ।

महानगरले विज्ञप्ति जारी गरी सामान किन्दा लाइनमा बस्ने व्यवस्था मिलानुपर्ने, मूल्यसूची देखिने गरी राख्नुपर्ने, ग्राहकले सामान छुन र छनौट गर्न नपाउने व्यवस्था गर्नुपर्ने जनाइएको छ ।ठूला स्टोरका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *